काठमाडौं । चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु आज नेपालको भ्रमणमा आउँदै छन् । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा ली तीन दिने भ्रमणका लागि आज नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । चिनियाँ नेता लीसहितको चिनियाँ प्रतिनिधिमण्डल विशेष विमानमार्फत काठमाडौं ओर्लिने भएको छ । उनले आजै सभामुख सापकोटासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ…