१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

कान्तिपुरविरुद्धको मुद्दाको सुनुवाई आज



काठमाडौँ । कान्तिपुरविरुद्ध परेको अवहेलना मुद्दामा सर्वाेच्चमा आज सुनुवाइ हुने भएको छ ।

कान्तिपुर टोलीसँग बयान सकिएपछि आइतबारका लागि सुनवाई तोकिएको हो ।

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको जन्ममिति र शैक्षिक योग्यताको विषयमा समाचार बनाएपछि कान्तिपुर विरुद्ध मुद्दा दायर भएको थियो ।

मुद्दापछि कान्तिपुरका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधान सम्पादक सुधीर शर्मा र संवाददाता कृष्ण ज्ञवालीलाई तीन दिनभित्र आफैं अदालतमा हाजिर हुन आदेश जारी गरेको थियो ।

त्यसपछि यस विषयमा कान्तिपुरसँग चरणबद्ध बयान लिइएको थियो ।

न्यायाधीशहरुले मंगलबार कान्तिपुर टोलीसँग बयान सकेपछि पूर्ण इजलासमा राख्न आदेश गरेका थिए ।

आजको मुद्दा सुनावई गर्न प्रधानन्यायाधी पराजुलीले आफ्नै नेतृत्वमा ७ जना न्यायाधीशको बृहत पूर्ण इजलाश गठन गरेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार  ६ : ४० बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा