४ आश्विन २०८३, आइतबार | September 21, 2026

दुई वर्षीय बालकले ४७ वर्षका लागि लक गरिदिए आईफोन



एजेन्सी: चीनको संघाईमा २ वर्षीय बालकले आफ्नी आमाको आईफोनमा गलत पासवर्ड हान्दा ४७ वर्षसम्का लागि लक भएको छ ।

अब यो आईफोन ४७ वर्षपछि मात्रै खुल्ने भएको छ। आमा घरमा नभएको बेलामा फोन लिएर बसेका बालकले लगातार फोनलाई अनलक गर्ने कोशिश गरेका थिए । त्यसका लागि उनले पटक पटक गलत पासवर्ड हाने । त्यसपछि यस्तो स्थिति बन्यो कि फोन ४७ वर्षका लागि लक भयो ।

फोनमा हेर्दैथिए भिडियो

एक चिनियाँ सञ्चारमाध्यमको रिपोर्ट अनुसार यी बालककी आमाको नाम लू रहेको छ । लू भिडियो हेर्नका लागि आफ्नो फोन छोरालाई छाडेर बाहिर गएकी थिइन् ।

उनी जब घर फिरिन् तब उनको फोन २५ मिलियन मिनेटका लागि लक भइसकेको थियो । यो कारण भनेको बालकले फोनलाई अनलक गर्न लगातार गलत पासवर्ड हानेका थिए ।

यसरी हरेक पटक गलत पासवर्ड हान्दा फोन लामो समयका लागि प्रयोग गर्न नसकिने अवस्थामा पुग्छ । जति चोटी गलत पासवर्ड हानिन्छ, त्यति नै पटक फोन अनलकको समय पनि लम्बिँदै जान्छ । यो समाचार साउथ कन्कान्यूजलाई उधृत गर्दै छापिएको छ ।

अब के छ विकल्प ?

जब लू सं‌घाईको एक एप्पल स्टोरमा आफ्नो समस्या लिएर पुगिन् तब त्‍यहाँ रहेका प्राविधिकले लूलाई यो फोनमा फेरि पासवर्ड हाल्नका लागि ४७ वर्ष कुर्नुपर्ने बताए । यदि पासवर्ड हान्न ४७ वर्ष नकुर्ने भएमा फोनमा रहेका सबै डाटालाई माया मार्दै फर्म्याट गरेर रि-इन्सटल गर्नुपर्ने उनले सुझाए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार  ९ : १४ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन