१९ कार्तिक २०८३, बिहिबार | November 5, 2026

यामाहा स्कुटर खरिद गर्दा तिलोत्तमाकी सरस्वती खनाल रायमाझीलाई १० लाख पुरस्कार



बुटवल । यामाहा नेपालको यस क्षेत्रको आधिकारिक विक्रेता बुटवल बाइकर्स प्रालि कालिकानगरबाट स्कुटर खरिद गरेकी तिलोत्तमा मणिग्रामकी सरस्वती खनाल रायमाझीले १० लाख रुपैयाँ पुरस्कार जितेकी छन् । यामाहाको दसैँ-तिहारलाई लक्षित चाडपर्व अभियानअन्तर्गत स्कुटर खरिद गरेकी रायमाझीले उक्त पुरस्कार प्राप्त गरेकी हुन् ।

यामाहाले दसैँ तथा तिहारको अवसर पारेर ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ नामक चाडपर्व अभियान सञ्चालन गरेको थियो । सोही अभियानअन्तर्गत बुटवल बाइकर्स प्रालिबाट यामाहा रे-जेडआर स्कुटर खरिद गरेकी रायमाझीले १० लाख रुपैयाँ पुरस्कार जित्न सफल भएकी हुन् ।

यामाहाले आफ्ना ग्राहकलाई चाडपर्वको अवसरमा आकर्षक पुरस्कार तथा विशेष सुविधा प्रदान गर्ने उद्देश्यले अभियान सञ्चालन गरेको जनाएको छ । कम्पनीका अनुसार यो अभियान यामाहाले हालसम्म सञ्चालन गरेका चाडपर्व लक्षित अफरमध्ये एक ठूलो अभियान हो । स्कुटर खरिदसँगै आकर्षक पुरस्कार जित्ने अवसरले ग्राहकलाई थप उत्साहित बनाएको कम्पनीको भनाइ छ ।

यामाहा शोरुमका रिजनल म्यानेजर विवेक सिंघारले चाडपर्वको समयमा नेपाली ग्राहकलाई उत्कृष्ट प्रदर्शन भएका उत्पादन उपलब्ध गराउनुका साथै सहज पहुँच सुनिश्चित गर्ने कम्पनीको लक्ष्य रहेको बताए । उनले चाडपर्व अभियान ग्राहकसँगको सम्बन्धलाई थप सुदृढ बनाउने र यामाहाप्रतिको विश्वासलाई निरन्तरता दिने प्रतिबद्धताको हिस्सा भएको उल्लेख गरे ।

सिंघारका अनुसार यामाहाले ग्राहकको आवश्यकता र अपेक्षालाई ध्यानमा राख्दै गुणस्तरीय उत्पादन तथा आकर्षक योजनामार्फत बजारमा आफ्नो उपस्थिति मजबुत बनाउँदै आएको छ । चाडपर्वको समयमा सञ्चालन गरिने यस्ता अभियानले ग्राहकलाई खरिदको अवसरसँगै पुरस्कार जित्ने सम्भावना पनि प्रदान गर्ने कम्पनीको विश्वास छ ।

१० लाख रुपैयाँ पुरस्कार जितेपछि सरस्वती खनाल रायमाझीले आफू स्कुटर खरिद गर्दा नै उत्साहित भएको बताइन् । स्कुटर खरिदपछि यति ठूलो पुरस्कार प्राप्त हुँदा आफू निकै खुसी भएको उनको भनाइ छ ।

‘म साँच्चै धेरै खुसी छु । यो अद्भुत उपहारका लागि यामाहाप्रति आभारी छु,’ उनले भनिन् ।

यामाहाको चाडपर्व अभियानले ग्राहकलाई स्कुटर खरिदमा आकर्षित गर्नुका साथै खरिदलाई थप उत्साहजनक बनाएको छ । बुटवल बाइकर्स प्रालिबाट स्कुटर खरिद गरेकी रायमाझीले १० लाख रुपैयाँ पुरस्कार जितेपछि स्थानीय ग्राहक तथा यामाहा स्कुटरका उपभोक्तामाझ पनि अभियानले चर्चा पाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ५ : ०२ बजे

क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा

एजेन्सी । पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट

काठमाडौंले टस जितेर फिल्डिङ रोज्यो, विराटनगर पहिले ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ अन्तर्गत बिहीबारको दोस्रो

यामाहा स्कुटर खरिद गर्दा तिलोत्तमाकी सरस्वती खनाल रायमाझीलाई १० लाख पुरस्कार

बुटवल । यामाहा नेपालको यस क्षेत्रको आधिकारिक विक्रेता बुटवल बाइकर्स

बुटवल उपमहानगरपालिका वडा नम्बर-१९ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १९ को नवनिर्मित वडा

‘कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुको पनि लेनदेन भएको छैन’ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी राजनीतिक