२९ असार २०८३, सोमबार | July 13, 2026

२ वर्षभित्र काठमाडौंको मूलपानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बन्ने



काठमाडौं– सरकारले २ वर्षभित्र काठमाडौंको मूलपानीमा ‘अन्तराष्ट्रिय क्रिकेट मैदान’ निर्माण कार्य सम्पन्न गर्ने तयारी गरेको छ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले काठमाडौंको मूलपानीमा निर्माण कार्यअघि बढाइएको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माणका कार्य २ वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

आईतबार आफ्नो एक वर्षे कार्यकालको प्रमुख उपलब्धिहरुबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजनाका लागि आवश्यक खेल पूर्वाधार निर्माण कार्य तीव्र गतिका साथअघि बढाइएको पनि बताए ।

त्यसैगरी सरकारले सबै स्थानीय तहमा १/१ वटा दीर्घकालीन महत्वका खेलग्राम निर्माणका लागि स्थानीत तह खेल पूर्वाधार निर्माण कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत भई कार्यान्वयनमा ल्याइएको पनि दावी गरिएको छ । मन्त्री विश्वकर्माले प्रदेश ५ को नेपालगञ्ज लगायतका जिल्लामा आयोजना हुने ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितासँग सम्बन्धित खेलका पूर्वाधार निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेको पनि स्पष्ट पारे ।

युवा तथा खेलकुद मन्त्रालयले पर्यटकीय खेल गन्तव्यहरुको पहिचान गरी आवश्यक पूर्वाधार निर्माण तथा उच्च धरातलीय खेलकुद प्रशिक्षण केन्द्र स्थापनाको कार्य पनि सुरु गरेको छ । मन्त्री विश्वकर्माले खेल क्षेत्रको माध्यामबाट नेपालको अर्थतन्त्रमा टेवा पुर्याउन साहसिक तथा पर्यटकीय खेल गन्तव्यहरुको पहिचानका लागि आवश्यक पहलकदमी लिन सो प्रशिक्षण केन्द्र स्थापनाको कामलाई अघि बढाइएको पनि बताए ।

मन्त्री विश्वकर्माले चालू आर्थिक वर्ष भित्रै देशका विभिन्न भागमा ६ वटा रंगशाला, १९ वटा कभर्ड हल, ७ वटा क्रिकेट मैदान र विभिन्न ९० स्थानमा स्थानीय खेल मैदान निर्माण कार्यलाई तीव्रता दिने योजना पनि बनाइएको बताए ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ६ : ०१ बजे

कैलालीका नदीमा डल्फिनको चहलपहल

कैलाली । नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको

गणेश नेपाली आत्मदाह प्रकरणमा परिवारले दियो जाहेरी, छानबिन प्रक्रिया अघि बढ्दै

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मृत्यु प्रकरणमा

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्मा दर्ता

काठमाडौँ । सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक

पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध

बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी

कर्रा खोलाको बाढीमा ट्रक बग्यो, चालक घाइते

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ स्थित कर्रा खोलामा सोमबार बिहान