९ कार्तिक २०८३, सोमबार | October 27, 2026

२ वर्षभित्र काठमाडौंको मूलपानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बन्ने



काठमाडौं– सरकारले २ वर्षभित्र काठमाडौंको मूलपानीमा ‘अन्तराष्ट्रिय क्रिकेट मैदान’ निर्माण कार्य सम्पन्न गर्ने तयारी गरेको छ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले काठमाडौंको मूलपानीमा निर्माण कार्यअघि बढाइएको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माणका कार्य २ वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

आईतबार आफ्नो एक वर्षे कार्यकालको प्रमुख उपलब्धिहरुबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजनाका लागि आवश्यक खेल पूर्वाधार निर्माण कार्य तीव्र गतिका साथअघि बढाइएको पनि बताए ।

त्यसैगरी सरकारले सबै स्थानीय तहमा १/१ वटा दीर्घकालीन महत्वका खेलग्राम निर्माणका लागि स्थानीत तह खेल पूर्वाधार निर्माण कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत भई कार्यान्वयनमा ल्याइएको पनि दावी गरिएको छ । मन्त्री विश्वकर्माले प्रदेश ५ को नेपालगञ्ज लगायतका जिल्लामा आयोजना हुने ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितासँग सम्बन्धित खेलका पूर्वाधार निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेको पनि स्पष्ट पारे ।

युवा तथा खेलकुद मन्त्रालयले पर्यटकीय खेल गन्तव्यहरुको पहिचान गरी आवश्यक पूर्वाधार निर्माण तथा उच्च धरातलीय खेलकुद प्रशिक्षण केन्द्र स्थापनाको कार्य पनि सुरु गरेको छ । मन्त्री विश्वकर्माले खेल क्षेत्रको माध्यामबाट नेपालको अर्थतन्त्रमा टेवा पुर्याउन साहसिक तथा पर्यटकीय खेल गन्तव्यहरुको पहिचानका लागि आवश्यक पहलकदमी लिन सो प्रशिक्षण केन्द्र स्थापनाको कामलाई अघि बढाइएको पनि बताए ।

मन्त्री विश्वकर्माले चालू आर्थिक वर्ष भित्रै देशका विभिन्न भागमा ६ वटा रंगशाला, १९ वटा कभर्ड हल, ७ वटा क्रिकेट मैदान र विभिन्न ९० स्थानमा स्थानीय खेल मैदान निर्माण कार्यलाई तीव्रता दिने योजना पनि बनाइएको बताए ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ६ : ०१ बजे

माथिल्लो सिद्धबाबामा बसको ठक्करबाट गुल्मीकी माँया कुँवरको मृत्यु, एकजना घाइते

बुटवल । पाल्पाको माथिल्लो सिद्दबाबा स्थित सिद्दार्थ राजमार्गमा भएको सवारी

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौँ । दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

अर्थमन्त्री वाग्लेमाथि खनिए अभिनेता राजेश हमाल, भारतको चाकडी गरेको आरोप

काठमाडौं, ९ कात्तिक । अभिनेता राजेश हमाल हत्तपत्त कुनै पनि

नेपालगन्जमा तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

नेपालगन्ज । नेपालगन्जमा तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप प्रतियोगिता हुने

एनपीएलमा साविक विजेता लुम्बिनीको सानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा साविक विजेता