४ पुस २०८२, शुक्रबार | December 20, 2025

बार्सिलोनाको प्रतिद्वन्द्वी युनाइटेड



एजेन्सी । युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्पेनिस महारथि बार्सिलोनाको प्रतिद्वन्द्वी इङ्लिस टोली म्यानचेस्टर युनाइटेड परेको छ ।

शुक्रबार साँझ गरिएको ड्र अनुसार बार्सिलोनाले युनाइटेड प्रतिद्वन्द्वी पाएको हो । बार्सिलोनाले लियोनलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो । युनाइटेडले पेरिस सेन्ट जर्मन (पीएसजी) लाई पन्छाएको थियो ।

यसैगरी इटालियन क्लब युभेन्टसले डच क्लब अजाक्सको सामना गर्नेछ । अजाक्स साविक विजेता रियल म्याड्रिडलाई पराजित गर्दै क्वार्टरफाइनल पुगेको थियो । लिभरपुलले पोर्चुगिज क्लब एफसी पोर्तोसँग खेल्नेछ । लिभरपुलले जर्मन च्याम्पियन बायर्न म्युनिख र पोर्तोले एएस रोमालाई हराएको थियो ।

अर्को खेलमा दुई इङ्लिस टोली टोट्टनहाम र म्यानचेस्टर सिटी भिड्नेछन् । सुक्रबारनै सेमिफाइनलको ड्र पनि सार्वजनिक भएको छ । टोट्टनहाम र म्यानचेस्टर सिटीको विजेताले अजाक्स र युभेन्टसको विजेतासँग खेल्नेछ । बार्सिलोना र युनाइटेडबीचको विजेताले लिभरपुल र पोर्तोको विजेतासँग फाइनल प्रवेशका प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ६ : ०८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको