६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा अयोजित विशेष कार्यक्रममा राष्ट्रपतिसमक्ष केसीले शपथ लिएका हुन् । शपथ समारोहमा राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसाहाय प्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललसँगै संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख र उच्च पदस्थ कर्मचारीको उपस्थिति थियो ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् । नेपाली कांग्रेसका सांसद केसी समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट निर्वाचित भएका हुन् ।

ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभामा निर्वाचित सांसदलाई यही चैत १२ गते बिहीबार पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  १२ : ०० बजे

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको

नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा

द्वन्द्वकालमा मोओवादी लडाकुको सुरक्षित सेल्टर अहिले पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

दक्षिण अफ्रिका मिलर कर्णालीमा आबद्ध

काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलर नेपाल प्रिमियर लिग

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन