३ पुस २०८२, बिहिबार | December 19, 2025

खुल्ला सिमा भारतका लागि पनि उत्तिकै समस्या छ : उपाध्याय



बुटवल । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री दीपकुमार उपाध्यायले दातृ निकायको प्रेसरका कारण सरकारले नीजि क्षेत्रलाई चेपुवामा राखेको आरोप लगाउनु भएको छ । उहाँले अन्तर्राष्ट्रिय दातृनिकायहरुले दिने अनुदान र ऋण सहयोगले मात्रै मुलुकमा समृद्धि हासिल हुन नसक्ने बताउँदै मुलुकको आन्तरिक आम्दानी बढाउनु पर्नेमा जोड दिनुभयो ।

बुटवल उद्योग बाणिज्य संघको ६७ औं स्थापना दिवसको अवसरमा आईतबार बुटवलमा आयोजना गरिएको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले सरकारले अन्तर्राष्ट्रिय दातृ निकायलाई खुसी बनाउनकै लागि करको दरमा बृद्धि गरेको र त्यसैको चपेटामा उद्योग व्यबसायी परेको आरोप लगाउनु भयो ।
राजश्व बढाउने नाममा नीजि क्षेत्रलाई चेपुवामा पारेर असुली गर्दा उद्योगी व्यबसायी धाराशायी हुँदै गएको बताउँदै उहाँले उद्योगी व्यबसायीका मन जितेर अंगाडी बढ्न सरकारलाई आग्रह गर्नुभयो । नेपालमा औद्योगिक उत्पादनकालागि प्रयाप्त सम्भावना रहेको बताउँदै लगानी गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभयो ।

भारतकालागि पूर्वराजदुत समेत रहनु भएको पूर्वमन्त्री उपाध्यायले नेपाल भारतका बिच खुला सिमानाका कारण नेपालको मात्रै नभएर भारतकालागि समेत उत्तिकै समस्याको बिषय भएको उल्लेख गर्नुभयो । उहाँले नेपालमा पानीको प्रवन्ध गर्न नसक्दा वरदान बन्न सक्ने पानीका स्रोतहरु अभिसापका रुपमा रहेको औंल्याउनु भयो । भारतसंगका दुई पक्षीय समस्या समाधानकालागि सरकारले कुटनीतिक चातुर्यता प्रस्तुत गर्नुपर्ने बताउँदै उहाँले सिमा क्षेत्रमा कस्टम पोईन्ट निर्माणको काम चाँडो गर्नुपर्ने भनाई राख्नुभयो ।

त्यस अवसरमा संघका अध्यक्ष खिमबहादुर हमालले संघको स्थापनाकाल देखि नै यस क्षेत्रको बिकासमा योगदान गर्दै आएको स्मरण गर्दै संघकै पहलमा बुटवल बुहुमुखी क्याम्पसको बिज्ञान भवन निर्माण, लुम्बिनी बाणिज्य क्याम्पस र सिद्धार्थ गौतम बुद्ध क्याम्पसका स्थापना, लुम्बिनी प्रोदशिक अस्पतालमा प्रसुती कक्ष तथा क्याविन निर्माण, सिद्धार्थ बाल तथा महिला आस्पताल (आम्दा) लगायतको स्थापनामा बुटवल उद्योग बाणिज्य संघको योगदान रहेको जानकारी गराउनु भयो । अध्यक्ष हमालले यस क्षेत्रको बिकासकालागि साझेदारी गर्न संघ तयार रहेको समेत जानकारी गराउनुभयो ।

त्यस अवसरमा संघका पूर्वअध्यक्षहरु हिराप्रसाद श्रेष्ठ, नवराज श्रेष्ठ, ज्ञानेन्द्र कसजु, वरिष्ठ उपाध्यक्ष उज्जवल करजु, कार्यसमिति सदस्यहरु नश्विर पौडेल, मञ्जु भुसाल, कपडा बस्तुगत समितिका सभापति त्रिबिक्रम ह्योजु लगायतले चोरी पैठारीका कारण स्वदेशी उद्योगी व्यबसायीको व्यबसाय समस्यामा परेको बताउँदै सिमामा कडाई गर्न सरकारसंग आग्रह गरेका थिए । कार्यक्रमको सञ्चाल संघका प्रमुख कार्यकारी अधिकृत मदनकुमार कार्कीले गर्नुभएको थियो ।

संघको स्थापना दिवसको अवसरमा गत शुक्रबार रक्तदान, शनिबार आम्दा अस्पतालका बिरामीलाई फलफूल तथा डाईपर वितरण गरिएको थियो भने शनिबार साँझ दीपावली गरिएको थियो । स्थापना दिवसको मुल समारोहमा स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा संयोजकहरु, सहयोग गर्ने बस्तुगत समितिका सभापतिहरुलाई समेत सम्मान गरिएको कार्यक्रम संयोजक प्रकाशकुमार श्रेष्ठले जानकारी गराउनु भयो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ६ : ३३ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको