२५ भदौ २०८३, बिहिबार | September 10, 2026

मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न निर्वाचन आयोगको पत्राचार



काठमाडौं । देशभरका मतदान केन्द्रमा आवश्यक प्राथमिक उपचारको व्यवस्था गर्न निर्वाचन आयोगले सरकारलाई पत्राचार गरेको छ। प्रतिनिधि सभाको निर्वाचनका दिन देशभरका मतदान केन्द्रमा आवश्यक प्राथमिक उपचारको व्यवस्था गर्न निर्वाचन आयोगले गृह मन्त्रालयमार्फत सरकारलाई पत्राचार गरेको हो ।

शुक्रबार आयोगले गृह मन्त्रालयमार्फत सरकारलाई सो सम्बन्धमा पत्राचार गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगले पठाएको पत्रमा मतदानका दिन निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायतका मतदातालाई आवश्यक पर्न सक्ने उपचारका लागि प्राथमिक उपचार सेवाको व्यवस्था गर्न भनेको छ।

त्यस्तै, आवश्यकता अनुसार थप उपचारका लागि अस्पताल तथा स्वास्थ्य संस्थालाई समेत तयारी अवस्थामा राख्न आयोगले पत्राचार गरेको हो। यससँगै देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न पनि आयोगले आग्रह गरेको छ।

प्रतिनिधि सभाको निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थल र २३ हजार २५५ मतदान केन्द्र तोकिएका छन्। निर्वाचनका लागि १ करोड ८९ लाख ३ हजार ६८९ जना मतदाता मतदानमा सहभागी हुँदैछन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ९ : ३६ बजे

ग्रामीण विकास लघुवित्तद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग

बुटवल । नेपाल सरकारको समेत स्वामित्व रहेको नेपालको एकमात्र लघुवित्त

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी । त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी-१ जलविद्युत्

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र

तनहुँ । पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षको अवधिमा २२

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शिक्षाध्यक्षसहितका चार पदाधिकारी