८ कार्तिक २०८३, आइतबार | October 25, 2026

प्रधानमन्त्रीतिर सोझिएका प्रश्न



गएको साता निक्कै उथलपुथलपूर्ण रह्यो नेपाली राजनीति । बलात्कारको आरोपमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाए । उनको निलम्बित सांसद पद पुनर्वहाली भयो, फेरि संसद भवन प्रवेश गरे ।

महराले राजीनामा दिएपछि उनको दोषको भारी बोक्न बाध्य बनाइएर राजीनामा दिएकी सांसद शिवमाया तुम्बाहाम्फे कानुनमन्त्री नियुक्त भइन । उनले यसमा केही राहत महसुस गरिन् होला ।

तर, गएको साता नै प्रधानमन्त्री केपी शर्मा ओलीका सबैभन्दा करिवी व्यक्ति सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ कमिशन बार्गेनिङ गर्दै गरेको अडियो सार्वजनिक भयो । उनले अडियो सार्वजनिक भएको भोलिपल्टै राजीनामा दिए । तर, यो काण्ड सेलाइसकेको छैन । आइतावारबाट बल्ल अख्तियार यस विषयमा प्रारम्भिक छलफल सुरु गरेको छ ।

महरा काण्डमा प्रधानमन्त्री ओलीलाई खासै प्रश्न गरिएको थिएन । शिवमायालाई हटाउने बेलामा भने धेरै प्रश्नहरुको सामना गर्नुपर्यो प्रधानमन्त्रीले ओलीले । राष्ट्रपति विद्या भण्डारीदेखि शिवमाया स्वयंले समेत प्रधानमन्त्री ओलीलाई महराले गरेको दोषको भागिदारी शिवमाया किन हुने भन्दै प्रश्न गरे । सामाजिक सञ्जालमा पनि ओलीलाई धेरै प्रश्न सोधिए । त्यसो त ललित निवास जग्गा काण्डमा पनि आफु नजिककाहरुलाई जोगाएको आरोप प्रधानमन्त्री ओलीलाई लाग्यो । पार्टीका महासचिव विष्णु पौडेल र पूर्वप्रधानमन्त्री तथा नेता माधव नेपाललाई जोगाएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले केही दिन संसदमा अवरोध गरे ।

अहिले बाँस्कोटाको कमिशन डिल काण्डमा भने प्रधानमन्त्री ओलीमाथि प्रश्नको ओइरो नै लागेको छ । ‘म भ्रष्टाचार गर्दिन र म भ्रष्टचारीको अनुहार पनि हेर्दिन’ भन्दै हिड्ने प्रधानमन्त्री ओलीका धर्मपुत्र जतिकै व्यक्ति यति ठूलो काण्डमा मुछिएपछि प्रश्न स्वभाविक रुपमा उठ्ने नै भए । उठेका छन् । यो प्रकरणको किनारा नलागेसम्म उठिरहने छ ।

बाँस्कोटा प्रकरण
नेपालमा सेक्यूरिटी प्रेस स्थापना गर्ने भनेर चर्चा चलेको दशक बितिसक्यो । तर, कहिले के कहिले के भन्दै रोकिएको छ । यही वर्ष फ्रान्सेली कम्पनीबाट जीटुजी (सरकार–सरकार) मार्फत उक्त प्रेस नेपालमा स्थापना गर्ने भनेर सम्झौता भएको छ । यसै बिषयलाई संसदको लेखा समितिले छानविन गरिरहेको थियो । लेखा समिति सरकार–सरकारमार्फत हुन लागेको यो कार्यलाई अगाडि बढ्न दिने अवस्थामा थियो ।

त्यही समितिको छानविनमा एकजना व्यक्ति विज्ञका रुपमा निम्त्याइएका थिए । उनी थिए, विजय मिश्र । नेताहरुको अघिपछि हिड्ने र आफु इजुकेशन कन्सल्टेन्सी चलाउँछु भन्ने यी मिश्र थिए । यस्तै सेक्युरिटी प्रेस निर्माण गर्ने स्वीस कम्पनीका नेपाली एजेण्ट थिए । उनी लेखा समितिमा विज्ञको रुपमा कसले र कसको सिफारिसमा निम्त्याइए खुलेको छैन ।

प्रधानमन्त्री ओलीतर्फ तेर्सिएका प्रश्नहरुमा बाँस्कोटा प्रकरणमा उनको संलग्नताकै विषयमा रहेका छन् । प्रधानमन्त्रीको तर्फबाट यस विषयमा जवाफ मागेर प्रमुख प्रतिपक्षीले संसदमा अवरोध गरेको छ । सत्तारुढ दल नेकपाकै कार्यकर्ता पंक्तिमा पनि प्रधानमन्त्रीले यस विषयमा स्पष्ट पार्नुपर्ने माग बढ्दै गएको छ ।

त्यसअघि विजय मिश्रले तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग स्वीस कम्पनीबाट सेक्युरिटी प्रेस किन्ने सम्बन्धमा पटकपटक छलफल गरेको देखियो । त्यही क्रममा बाँस्कोटाले कमिशनको डिल गरेको अडियोबाट स्पष्ट हुन्छ । अडियोमा मिश्रले २७ अर्व रुपैयाँमा मेसिन खरिद गरेको खण्डमा करिव ७० करोड रुपैयाँ कमिशन आउने र त्यसको ७० प्रतिशत दिने प्रस्ताव गरेका छन् । बाँस्कोटाले त्यसो गर्दा कति जति आउने हो भन्ने प्रश्नसँगै २७ अर्वको ठाउँमा २८ अर्व रुपैयाँ लागत पुर्याउन भनेका छन् ।

हो, त्यही अडियो हो । जसले बाँस्कोटोलाई तत्काल मन्त्री पदबाट राजीनामा दिन बाध्य बनायो भने प्रधानमन्त्री ओलीमाथि पनि अनगिन्ति प्रश्नहरु एकैचोटी तेर्सिएका छन् । धेरैको विश्वासमा यो करोड र अर्व रुपैयाँको डिल बाँस्कोटा एक्लैको क्षमताको कुरा होइन, त्यसैले यसमा प्रधानमन्त्री ओलीको आशिर्वाद थियो भन्ने पनि रहेको छ ।

प्रधानमन्त्रीतिर किन प्रश्न
अहिले मिश्रले आफ्नो बयान फेरे पनि सुरुमा उनले आफुले दुई महिनाअघि नै प्रधानमन्त्री ओलीसमक्ष अडियो पुर्याएको भनेका थिए । प्रधानमन्त्रीले यस विषयमा निर्णय नगरेपछि आफु बाध्य भएर मिडियामा आएको उनको भनाइ थियो । उनको यो बयानले धेरैलाई प्रधानमन्त्री ओली स्वयं पनि यस प्रकरणमा जोडिएको हुनसक्ने आशंकालाई थप बल पुर्यायो ।

प्रधानमन्त्री ओलीतर्फ तेर्सिएका प्रश्नहरुमा बाँस्कोटा प्रकरणमा उनको संलग्नताकै विषयमा रहेका छन् । प्रधानमन्त्रीको तर्फबाट यस विषयमा जवाफ मागेर प्रमुख प्रतिपक्षीले संसदमा अवरोध गरेको छ । सत्तारुढ दल नेकपाकै कार्यकर्ता पंक्तिमा पनि प्रधानमन्त्रीले यस विषयमा स्पष्ट पार्नुपर्ने माग बढ्दै गएको छ ।

यसरी जवर्जस्त रुपमा प्रधानामन्त्री ओली तानिनुको पछाडिको मूल कारण भनेकै बाँस्कोटाको उनीसँगको निकटता हो । बाँस्कोटा प्रधानमन्त्री ओलीसँग यति नजिक थिए की ओली प्रधानमन्त्री निवास सरेपछि बालकोटस्थित घरमा बस्न बाँस्कोटा पुगे । उनी सुरुमा सञ्चार राज्यमन्त्री नियुक्त भएका थिए । उनले मन्त्री क्वार्टर पाउने कुरा भएन । उनले बालकोटस्थित ओली निवासलाई नै आफ्नो निकास बनाए । बाँस्कोटा ओलीलाई बुबा नै भन्छन् । ओली दम्पतीले पनि बाँस्कोटालाई धर्म छोराकै व्यवहार गर्छन् ।

ओली निवासमा विना रोकटोक भान्छा र बेडरुमसम्म पहुँच पाउने थोरैमध्ये बाँस्कोटा पर्छन् । उनी निकट मात्र छैनन्, ओलीका हरेर चालढाल र बोलीचालीको नक्कलसमेत गर्छन् । दुवै जनाको विरोधीप्रतिको काटक्ष उस्तै छ ।

यति निकट भएपछि उनको गतिविधिका बारेमा ओलीलाई जानकारी नहुने कुरै भएन ? अहिल उठेको पहिलो प्रश्न हो यो । त्यसैगरेर ओलीकै आड भरोसामा फुर्किएका थिए बास्कोटा, उनकै आशिर्वाद नभए यति ठूलो डिल गर्ने उसको के आँट ? अर्को प्रश्न तेर्सिएको छ । ओली संलग्न नभएको भए दुई महिनाअघि नै प्राप्त गरेको अडियो किन गुपचुप राखियो ? किन कारवाही गरिएन ? आदि इत्यादि प्रश्नहरु प्रधानमन्त्री ओलीतिर तेर्सिएको छ ।

जुनसुकै विषयमा आफुतिर उठेको प्रश्नलाई छुचो ढंगले उत्तर फर्काइ हाल्ने प्रधानमन्त्री ओली र बाँस्कोटा दुवै जना चुपचाप छन् । पार्टीले छानविन गर्ने कि भनेर उठेको विषयमा समेत पार्टी सचिवालय बैठकमा ओलीले राज्यको संयन्त्रले छानविन गर्ने भएपछि पार्टीले गर्नु नपर्ने भनाइ राखे । बाँस्कोटाको बारेमा नेकपाले छानविन नगर्ने भयो । प्रश्नहरु उठिरहेका छन् तर प्रधानमन्त्री ओलीले त्यसको जवाफ दिएका छैनन् । न त बाँस्कोटाले नै आफ्नो बचाउमा केही बोलेका छन् ।

आफुले काम नपाउने भएपछि मिश्रले बाँस्कोटासँग भएका कुराकानीलाई मिडियामा ल्याइदिए । यसले भ्रष्टाचार काण्डको पर्दाफास भयो । प्रधानमन्त्री ओलीको बिश्वास पात्र भएकै कारण कसैलाई नटेर्ने र जो सुकैलाई घोचपेच गर्ने बाँस्कोटा त्यही एउटा अडियो कै कारण सत्ताबाट मात्र बाहिरिएनन्, अख्तियारको छानविनको दायरामा आएको छ ।

मिश्रसँग २७ अर्व रुपैयाँ खरिदका लागि कुरा हुँदा ७० करोड रुपैयाँ कमिशनको आउने हुँदा त्यसलाई २८ अर्व रुपैयाँ बनाउन बाँस्कोटाले भनेको अडियोमा स्पष्ट सुनिन्छ । तर त्यही सेक्युरिटी प्रेसलाई जीटुजीको नामबाट फ्रेञ्च कम्पनीसँग ३० अर्वभन्दा बढीमा खरिद गर्ने सहमति भइसकेको छ । यसले प्रष्ट के पारेको छ भने फ्रेञ्च कम्पनीले तिर्न तयार रकम स्वीस कम्पनीसँग भन्दा धेरै छ, पक्कै पनि यहाँ थप तीन अर्व रपैयाँको चलखेल भएको छ ।

नचेतेको राजनीतिककर्मी
लोभ लालचाले गर्दा शक्तिशाली राजनीतिकर्मी यस्तै अनियमितताका चक्रव्यूहमा फसिरहेका छन् । सजिलैसँग विचौलियाले कि त आफुलाई फाइदा हुने गरी काम गराउँछन् कि गोप्य सम्झौताहरु बाहिर ल्याएर नाङ्गेझार बनाउँछन् ।

बाँस्कोटा प्रकरणमा पनि कमिशनको प्रस्ताव लिएर गएका मिश्र नै हुन् । त्यसमा बाँस्कोटाले थप लोभ गरे । यी दुई पक्षबीच मिलेमतो गरेर राज्यको ढुकुटी सिध्याउने प्रपञ्च रचिएको देखिन्छ । तर बाँस्कोटाले मिश्रलाई काम दिएनन् । बढी कमिशन दिएर हुनसक्छ उनले फ्रेञ्च कम्पनी रोजे । अहिले मूल्य तुलना गर्ने हो भने पनि थप तीन अर्व रुपैयाँमा सहमति भएको देखिन्छ ।

आफुले काम नपाउने भएपछि मिश्रले बाँस्कोटासँग भएका कुराकानीलाई मिडियामा ल्याइदिए । यसले भ्रष्टाचार काण्डको पर्दाफास भयो । प्रधानमन्त्री ओलीको बिश्वास पात्र भएकै कारण कसैलाई नटेर्ने र जो सुकैलाई घोचपेच गर्ने बाँस्कोटा त्यही एउटा अडियो कै कारण सत्ताबाट मात्र बाहिरिएनन्, अख्तियारको छानविनको दायरामा आएको छ ।

यसअघि ललिता निवास काण्डमा पनि त्यही भएको हो । कानुन व्यवसायी नकुल कोइराला राणा खलकको कानुनी सल्लाहकार थिए । उनीसमेत संलग्न भएर नै सरकारी जग्गा हडप्ने चाँजोपाँजो मिलाइएको थियो । नत्र ती सबै दस्तावेज उनको हातमा पर्ने नै थिएन । तर, जब उनलाई पाखा लगाइयो । आफुले उचित हिस्सा नपाएको उनको महसुस गरे । उनले त्यो विषय बाहिर ल्याए । छानविन भयो, तीन मन्त्रीसहित १ सय ७५ जना विरुद्ध मुद्दा परेको छ । काँग्रेस संसदीय दलका उपनेता विजय गच्छदारको पद गमेको छ ।

यसले के स्पष्ट पारेको छ भने चलखेल गर्ने, कमिशन खोज्ने र अनियमितता गर्ने मनसाय राखेर कोही नेता वा कर्मचारी बसेको छ भने त्यसले एक दिन सजाय भोग्नै पर्ने हुन्छ ।

यसरी लागेपछि हुने संगत भनेकै बिचौलियहरुसँग हो । कमिशन र पैसाका लागि जुनसुकै हदको चाकडी गर्न सक्ने बिचौलियाले आफ्नो स्वार्थपूर्ती नभएको दिन जुनसुकै खालको हर्कत पनि गर्नसक्छ भन्ने हेक्का राख्नु पर्दछ । यही कुराको प्रमाण हो, पछिल्लो दुई प्रकरण–ललिता निवास र बाँस्कोटा ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  १० : ५६ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको