७ आश्विन २०८३, बुधबार | September 23, 2026

माओवादीको बैठक: सत्ता केन्द्रित हुँदा बर्गीय सम्बन्ध कमजोर बनेको चर्चा

राम्रो काम गर्दागर्दै सरकारबाट बाहिरिनुपरेको प्रचण्डको ब्रिफिङ



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी केन्द्रीय कार्यालयको बैठकमा बर्गीय सम्बन्ध कमजोर बनेको बताएका छन् ।

शुक्रबार बसेको बैठकमा प्रचण्डले कमजोर बनेको वर्गीय सम्बन्धलाई सुधार गर्ने मौका माओवादीले अहिले पाइरहेको बताएका हुन् । प्रचण्डले भ्रष्टाचारको विरुद्धमा, सुशासनको पक्षमा, जनतालाई सेवा प्रवाहको क्षेत्रमा र कुटनैतिक क्षेत्रमा राम्रो काम गर्दागर्दै सरकारबाट बाहिरिनु परेको बैठकमा ब्रिफिङ गरेका थिए ।

उनले बैठकमा भने- ‘हामीले सरकारमा रहेर भ्रष्टाचारको विरुद्धमा, सुशासनको पक्षमा, जनतालाई सेवा प्रवाह गर्ने पक्षमा, कुटनैतिक क्षेत्रमा हामीले निकै राम्रो पहलकमदी लिएका थियौं । त्यो पहल कदमी लिँदालिँदै समीकरण परिवर्तन गरियो ।’

अध्यक्ष प्रचण्डको ब्रिफिङपछि पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव चक्रपाणि खनाल, हितराज पाण्डे, प्रवक्ता सापकोटा, उपमहासचिव वर्षमान पुन र राम कार्कीले आ–आफ्नो धारणा राखेको पनि प्रवक्ता सापकोटाले बताए । प्रवक्ता सापकोटाका अनुसार नेताहरुले अब माओवादी रुपान्तरण र सुद्धीकरणको बाटोमा जानु जरुरी रहेको धारणा राखेका थिए ।

नेताहरुले धारणा राख्ने क्रम जारी रहेकोले बैठक भोलीपनि जारी रहने सापकोटाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ८ : २६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई