५ श्रावण २०८३, मंगलबार | July 21, 2026

फागुन २१ गते देखि चैत २ गते सम्म ‘प्रथम प्रादेशिक लघु घरेलु तथा साना उद्योग, कृषि प्राविधि व्यापार एवम् पर्यटन महोत्सव ’ हुदै



बुटवल । नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश महिला उद्यमी समिति प्रदेश ५ को आयोजना यहि फागुन २१ गते देखि चैत २ गते सम्म बुटवलमा ‘प्रथम प्रादेशिक लघु घरेलु तथा साना उद्योग, कृषि प्राविधि व्यापार एवम् पर्यटन महोत्सव ’ हुने भएको छ ।

महिला समिति प्रदेश ५ ले सोमबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तयारी तिब्र पारिएको जानकारी दिएको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश ५, महिला उद्यमी समितिका संयोजक शान्ती तिमिल्सीना शर्माका अनुसार मेलामा महिला उद्यमीहरुले उत्पादन गरका बस्तुहरुको विशेष प्रर्दशनी गरिने जानकारी दिनुभयो ।

मेलामा राष्ट्रिय स्तरका लघु घरेलु तथा साना उद्योगहरुबाट उत्पादिन बस्तु एवम सामग्रीहरुको प्रर्दशनी गरिने छ भने प्रदेश ५ का मौलिक सास्कृतीहरुको समेत प्रर्दशनी गरिने छ । बुटवल–१२ देवीनगरमा रहेको एन्फा एकेडमी नजिकै रहेको खाली स्थानमा मेला लाग्ने छ ।
मेलामा कृषि उत्पादन एवम् प्रविधिका प्रर्दशनी, स्थानिय पर्यटकीय स्थलको जानकारी मुलक प्रर्दशनी, महिला उद्यमीहरुद्धारा उत्पादीत हस्तकलाका सामग्रीहरु र बस्तुको प्रर्दशनी, नविनतम बैकल्पीक उर्जाको प्रर्दशनी, बैक तथा वित्तीय संघ संस्था एबम सेवा प्रदायक संघ संस्थाहरुको प्रर्दशनी मेलामा राखिने छ ।

यस्तै मेलामा विभिन्न औद्योगीक व्यापारिक प्रतिष्ठानबाट उत्पादित बस्तु तथा सामग्रीहरुको समेत प्रर्दशनी गर्न लागिएको छ ।
मेला प्रवेशको लागि ६० रुपैयाँको टिकट र विद्यार्थीहरुको लागि ४० रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।

प्रदेश ५ का १२ वटा जिल्लाहरु मध्येबाट प्रत्येक जिल्लाबाट ५/५ वटा महिला उद्यमीहरुलाई मेलामा निशुल्क स्टल उपलब्ध गराईने छ ।
महिला उद्यमी समुहको आयोजनामा यस क्षेत्रमा पहिलो पटक यस्तो प्रकृतिको मेला तथा महोत्सव आयोजना गर्न लागिएको हो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ३ : ४६ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान