१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

फागुन २१ गते देखि चैत २ गते सम्म ‘प्रथम प्रादेशिक लघु घरेलु तथा साना उद्योग, कृषि प्राविधि व्यापार एवम् पर्यटन महोत्सव ’ हुदै



बुटवल । नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश महिला उद्यमी समिति प्रदेश ५ को आयोजना यहि फागुन २१ गते देखि चैत २ गते सम्म बुटवलमा ‘प्रथम प्रादेशिक लघु घरेलु तथा साना उद्योग, कृषि प्राविधि व्यापार एवम् पर्यटन महोत्सव ’ हुने भएको छ ।

महिला समिति प्रदेश ५ ले सोमबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तयारी तिब्र पारिएको जानकारी दिएको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश ५, महिला उद्यमी समितिका संयोजक शान्ती तिमिल्सीना शर्माका अनुसार मेलामा महिला उद्यमीहरुले उत्पादन गरका बस्तुहरुको विशेष प्रर्दशनी गरिने जानकारी दिनुभयो ।

मेलामा राष्ट्रिय स्तरका लघु घरेलु तथा साना उद्योगहरुबाट उत्पादिन बस्तु एवम सामग्रीहरुको प्रर्दशनी गरिने छ भने प्रदेश ५ का मौलिक सास्कृतीहरुको समेत प्रर्दशनी गरिने छ । बुटवल–१२ देवीनगरमा रहेको एन्फा एकेडमी नजिकै रहेको खाली स्थानमा मेला लाग्ने छ ।
मेलामा कृषि उत्पादन एवम् प्रविधिका प्रर्दशनी, स्थानिय पर्यटकीय स्थलको जानकारी मुलक प्रर्दशनी, महिला उद्यमीहरुद्धारा उत्पादीत हस्तकलाका सामग्रीहरु र बस्तुको प्रर्दशनी, नविनतम बैकल्पीक उर्जाको प्रर्दशनी, बैक तथा वित्तीय संघ संस्था एबम सेवा प्रदायक संघ संस्थाहरुको प्रर्दशनी मेलामा राखिने छ ।

यस्तै मेलामा विभिन्न औद्योगीक व्यापारिक प्रतिष्ठानबाट उत्पादित बस्तु तथा सामग्रीहरुको समेत प्रर्दशनी गर्न लागिएको छ ।
मेला प्रवेशको लागि ६० रुपैयाँको टिकट र विद्यार्थीहरुको लागि ४० रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।

प्रदेश ५ का १२ वटा जिल्लाहरु मध्येबाट प्रत्येक जिल्लाबाट ५/५ वटा महिला उद्यमीहरुलाई मेलामा निशुल्क स्टल उपलब्ध गराईने छ ।
महिला उद्यमी समुहको आयोजनामा यस क्षेत्रमा पहिलो पटक यस्तो प्रकृतिको मेला तथा महोत्सव आयोजना गर्न लागिएको हो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ३ : ४६ बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला

बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत