५ पुस २०८२, शनिबार | December 20, 2025

तीन दिने सुदूरपश्चिम प्रदेशको भ्रमणका लागि राष्ट्रपति भण्डारी आज धनगढी जाँदै



काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (बुधबार) बाट तीन दिने सुदूरपश्चिम प्रदेशको भ्रमण गर्नुहुने छ । सुदूरपश्चिम प्रदेश भ्रमणको क्रममा राष्ट्रपति भण्डारी आज कैलालीको धनगढी जाने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

धनगढीमा राष्ट्रपति भण्डारीले विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ भने आजै खाना महोत्सवको पनि उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सुदूर पश्चिमाञ्चल साहित्य समाजको आयोजनामा सञ्चालन हुने महोत्सव एक सातासम्म जारी रहने छ । मध्यान्ह १२ बजे राष्ट्रपति भण्डारीले महोत्सवको उद्घाटन गर्ने सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले जानकारी दिनुभयो ।

आजै दिउँसो २ बजे धनगढीमा रहेको शिवनगर खाने पानी आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । फागुन १६ गतेसम्म सुदूरपश्चिममा रहने कार्यक्रम अन्तर्गत राष्ट्रपति भण्डारी १५ गते दार्चुला र बैतडी जाने कार्यक्रम तय भएको छ ।

दार्चुलास्थित मालिकार्जुनको दर्शन, मालिकार्जुन माविको निरीक्षण, बैतडीको त्रिपुरा सुन्दरी भगवतीको दर्शन, बैतडीको पाटनमा रहेको प्राविधिक शिक्षालयको भवन उद्घाटन गर्ने कार्यक्रम छ ।

यस्तै १६ गते डडेल्धुरास्थित उग्रतारा मन्दिरको दर्शन र कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ९ : ०२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको