२१ माघ २०८२, बुधबार | February 4, 2026

इरानका उपमन्त्रीलाई कोरोना भाइरसको सङ्क्रमण



बिबिसी । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)को त्रास अहिले विश्वभर छाइरहेको छ ।

चीनमा यसको रोकथाम र नियन्त्रणका लागि भएका प्रयासहरु केही सार्थक देखिए पनि अन्य देशहरुमा भने यसले थप समस्या निम्त्याउँदै गएको छ ।

यसैबीच इरानका स्वास्थ्य उपमन्त्रीलाई पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । कोरोना भाइरसको संक्रमणका कारण इरानमा हालसम्म १५ जनाको मृत्यु भइसकेको आधिकारिक तथ्यांक छ ।

यद्यपी मृतकको सङ्ख्या त्यसभन्दा बढी हुनसक्ने बताइएको बेला स्वास्थ्य उपमन्त्रीमाथि नै कोरोनाको संक्रमण देखिएको बिबिसीले जनाएको छ ।

सम्भावित कोरोना भाइरस महामारीसँग जुझ्नका लागि विश्वव्यापी रूपमा थप तयारी गरिनुपर्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएका बेला विभिन्न देशहरूमा थप सङ्क्रमितहरू फेला पर्ने क्रम जारी छ ।

चीनपछि इटली, दक्षिण कोरिया र इरान नयाँ कोरोनाभाइरससँग जुधिरहेका छन् भने स्पेनमा एउटा होटलमा सयौँ मानिसहरूलाई कोठाभित्रै बस्न निर्देशन दिइएको छ ।

सोमवार मात्रै इराक, अफगानिस्तान, कुवेत, ओमान र बाहरेनमा कोरोनाभाइरसको पहिलो सङ्क्रमण फेला परेको बताइएको थियो ।

ती सबै देशमा सङ्क्रमण भएका पाइएकाहरू इरानबाट आएको बताइएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १ : ४८ बजे

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास

राष्ट्रपति पौडेल जापानबाट स्वदेश फर्किँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा

समृद्ध रुपन्देहीका लागि भौतिक विकास, शिक्षा र स्वास्थ्य प्राथमिकता : उम्मेदवार ई. पाण्डे

बुटवल । उज्यालो नेपाल पार्टीबाट रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार

आचारसंहिता उल्लङ्घन नगर्न कञ्चनपुर प्रशासनको आग्रह

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक