९ भदौ २०८३, मंगलबार | August 25, 2026

‘जस लिन दुई घण्टा बोल्ने प्रधानमन्त्री सेक्युरिटी प्रेसबारे किन बोल्दैनन् ?’



काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापनाका लागि पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा संलग्न भएको भनिएको अडियो सामग्रीको सत्य तथ्य सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै कांग्रेसका सांसदहरुले मन्त्री संलग्न भएको भनिएको घटनालगायतका पछिल्ला घटनाबारे सदनलाई स्पष्ट पार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

सांसद राजेन्द्रकुमार केसीले पूर्वसञ्चारमन्त्री बाँस्कोटा संलग्न भएको भनिएको ७० करोड रुपैयाँ कमिसनलगायत पछिल्ला घटनाबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । आफ्ना कामको जस लिन लामो समय लिन सक्ने सरकारले सेक्युरिटी प्रिन्टिङ प्रेसमा भएको भनिएको ७० करोडको कमिसनको अडियो सामग्रीबारे जवाफदेही नभएको भन्दै उहाले आक्रोश पोख्नुभयो ।

उहाले भन्नुभयो, ‘आफ्ना जस लिन २/२ घण्टा रोस्टम कब्जा गर्ने प्रधानमन्त्रीजी आज यत्रो ठूलो काण्डैकाण्ड मच्चिँदा उहाले जवाफ दिनुपर्ने कि नपर्ने ?’

सांसद रामबहादुर विष्टले सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना प्रकरणमा पूर्वसञ्चारमन्त्री बाँस्कोटा र विजय मिश्रबीच ७० करोडको भ्रष्टाचारसम्बन्धी अडियो टेप सार्वजनिक भएको धेरै दिन भइसक्दा पनि सरकारले सदनलाई स्पष्ट नभनेको भन्दै यसबारे सत्यतथ्य जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  २ : ५३ बजे

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

पूर्वसैनिकको ड्रागन फ्रुटखेती : वार्षिक ६० लाखसम्म आम्दानी

सुनसरी । आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि

जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

जुम्ला । जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहमा फलफूल

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले चक्लाबन्दी विधिबाट जग्गा व्यवस्थापन गरी