६ जेष्ठ २०८२, मंगलबार | May 21, 2025

बैकल्पिक राजनीतिको उर्जा साझा पार्टी : संयोजक मिश्र



लुम्बिनी । बिबेकशील साझा पार्टीका संयोजक रबिन्द्र मिश्राले नेपालको बैकल्पिक राजनिीतिको उर्जा बिबेकशील साझा पार्टी भित्र मात्र रहेको बताउनुभएको छ ।

उहाले सो कुरा बुद्धजन्म स्थल लुम्बिनीमा आयोजित साझा पार्टीको दोस्रो राष्ट्रिय भेलालाई सम्बोद्धन गर्दै बताउनुभएको हो ।

साझा पार्टी संयोजक मिश्राले काँग्रेस,कम्युनिष्ट लगायतका दलहरु सुसंस्कृतिको राजनीति नगरेको कारण त्यसबाट अत्तालिएर नेपाली जनता बैकल्पिक राजनीतिको खोजी गर्न थालेको बताउनुभयो । उहाले दोस्रो राष्ट्रिय भेला मार्फत नेपाल साझा पार्टी भ्रष्टाचार र्निमूलीकरण तथा सुसंस्कृति राजनीतिको एजेण्डालाई बटमलाईन बनाई जनता माझ जान कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो ।

भ्रष्टाचारकै कारण कम्युनिष्ट नेतृत्व सरकार ढल्ने प्रबल सम्भावना बढेको हुदा त्यस पछि सुशासन तथा सुसंस्कृति सहितको राजनीतिलाई स्थापित गर्न साझा पार्टी बिना अरु कसैले गर्न नसक्ने उहाले दाबी गर्नुभयो ।

कार्यक्रममा साझा पार्टी प्रबक्ता डा.सर्यराज आचार्यले बुद्धजन्म स्थल लुम्बिनीबाट आफूहरु नेपाली राजनीतिमा नया आयाम थपेर फरक धार बाट मुलुकलाई धान्न बैकल्पिक राजनीतिको उर्जा प्रदान गर्न चाहेको बताउनुभयो ।

सो अवसरमा राजीनितक मामला प्रमुख मुमाराम खनाल,संगठन बिभाग प्रमुख केशवदहाल, संघीय साँसद शोभाशाक्य लगायतले मक्तब्य ब्यक्त गरेका थिए । देश भरिबाट साढे चारसय नेता कार्यकर्ता सम्मलित भेला तीन दिन सम्म चल्ने आयोजकले बताएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १० : ३८ बजे

चौरजहारीमा आयोजित जनसभा मध्य पहाडी लोकमार्ग अभियानकै उत्कट : प्रचण्ड

रूकुम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्व पौडेल गभर्नरमा नियुक्त

काठमाडौं । सरकराले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा विश्वनाथ

गभर्नरका लागि विश्व पौडेलको नाम एक नम्वरमा सिफारिस

काठमाडौं । गभर्नर सिफारिस समितिले प्राडा विश्वनाथ पौडेलको नाम एक

विश्व पौडेल विरुद्ध रिट दर्ता नगर्ने आदेश सदर

काठमाडौं। सर्वोच्च अदालतले डा विश्व पौडेललाई गभर्नर बन्ने रोक नहुने

नवलपुरमा बस र माइक्रो ठोक्किदा ९ जना घाइते, ५ को अवस्था गम्भीर

नवलपुर। नवलपुरको गैँडाकोट नगरपालिका–९ थुम्सीमा बस र माइक्रोबस एक आपसमा