८ बैशाख २०८१, शनिबार | April 20, 2024

दिल्ली हिंसा : विश्वभरबाट चासो, सरकारको कडा आलोचना



बिबिसी । दिल्लीमा भएको साम्प्रदायिक हिंसालाई लिएर अन्तर्राष्ट्रिय स्तरबाट चिन्ता र चासो व्यक्त गरिएको छ । सो सम्बन्धमा विश्वका नेताहरुले प्रतिक्रिया दिएका छन् ।

टर्की, पाकिस्तान, अमेरिकालगायतका मुलुकका नेताहरुले दिल्ली हिंसाका बारेमा प्रतिक्रिया दिएका छन् ।

शुक्रबार पाकिस्तानका प्रधानमन्त्री इमरान खाले दिल्लीमा भएको साम्प्रदायिक हिंसालाई जर्मनीमा हिटलरको नेतृत्वमा यहुदीमाथि भएको ज्यादतिसँग जोडेका छन् ।

Imran Khan

@ImranKhanPTI

As I have stating repeatedly, Modi’s Hindu Supremacist agenda is akin to the Nazi pogrom of Jews in the 1930s while the major powers appeased Hitler. Modi conducted pogrom against Muslims in Gujarat as CM & now we are seeing the same in New Delhi.

Imran Khan

@ImranKhanPTI

Images coming out of Muslim homes & businesses being burnt, Muslims being beaten & killed, mosques & graveyards being burnt & desecrated are similar to Jews fleeing the pogrom in Nazi Germany. The world must accept this brutal reality of the Modi fascist racist regime & stop it.

4,848 people are talking about this
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भनेका छन्, मुसलमानहरुका जलाइएका घर तथा पसलहरुको तस्बिर आइरहेका छन् । मुसलमानहरुमाथि मारपिट हुनु, मस्जिद तथा कब्र भत्काइनु जर्मनीमा यहुदीको सामूहिक हत्या गरिनु जस्तै हो । साथै इमरानले मोदीको फासिवादी नस्लवादी सरकारको बर्बरताको वास्तविकता दुनियाले बुझ्नु र यसलाई रोक्न आवश्यक रहेको जनाएका छन् ।

मोदीले गुजरातको मुख्यमन्त्री हुँदा मुसलमानका साथ बर्बरता गरेको र अहिले आफूले दिल्लीमा पनि सोही कुरा देखिरहेको इनरानले उललेख गरेका छन् ।

तर, दिल्ली हिंसाका सम्बन्धमा प्रतिक्रिया दिने इमरान एक्ला भने होइनन् । दुनियाँ भरका नेताले सो सम्बन्धमा आफ्नो असन्तुष्टि पोख्न थालेको बिबिसीले जनाएको छ ।

टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दाेआनले पनि सो सम्बन्धमा प्रतिक्रिया दिएका छन् । एर्दाेआनले भनेका छन्– भारत अब यस्तो देश बनेको छ जहाँ व्यापक रुपमा नरसंहार भइरहेको छ । कस्तो नरसंहार ? मुसलमानहरुको नरसंहार, कसले गर्दैछ ? हिन्दूले ।

उता एर्दाेआनको टिप्पणीप्रति प्रतिक्रिया दिँदै जेनेवास्थित भारतीय विदेश सेवाका अधिकारी विमर्स आर्यनले भनेका छन्– म टर्कीलाई केवल भारतको आन्तरिक मामिलामा टिप्पणी गर्नबाट जोगिन र लोकतान्त्रिक प्रक्रियाप्रतिको दृष्टिकोण उत्तम बनाउन सल्लाह दिन सक्छु ।

त्यस्तै अमेरिकी सिनेटर तथा यसै वर्ष हुने अमेरिकी राष्ट्रपतिका सम्भावित उम्मेदवार बर्नी स्यान्डर्सले पनि दिल्ली हिंसाको आलोचना गरेका छन् ।

Bernie Sanders

@BernieSanders

Over 200 million Muslims call India home. Widespread anti-Muslim mob violence has killed at least 27 and injured many more. Trump responds by saying, “That’s up to India.” This is a failure of leadership on human rights.https://www.washingtonpost.com/world/toll-rises-to-22-in-delhi-violence-as-modi-issues-plea-for-calm/2020/02/26/2cb8e0d8-589f-11ea-8efd-0f904bdd8057_story.html 

Death toll rises to 27 in Delhi violence as Modi issues plea for calm

The clashes are the worst communal violence in India’s capital in decades.

washingtonpost.com

53.5K people are talking about this
स्यान्डर्सले भनेका छन्– २० करोडभन्दा बढी मुसलमान भारतलाई आफ्नो घर मान्छन् । ट्रम्पले यस सम्बन्धमा प्रतिक्रिया दिएका छन् कि यो भारतमा निर्भर रहन्छ । मानव अधिकारको मुद्दामा यो नेतृत्वको लाचारी हो ।

त्यस्तै अमेरिकाकै एजेन्सी युनाइटेड स्टेट्स कमिसन अन इन्टरनेशनल रिलिजियस फ्रिडमले पनि दिल्ली हिंसाको आलोचना गरेको छ ।

USCIRF

@USCIRF

USCIRF Chair @tperkins: “The ongoing violence we are witnessing in and the reported attacks against Muslims, their homes and shops, and their houses of worship are greatly disturbing…” (1/2) https://www.uscirf.gov/news-room/press-releases-statements/uscirf-condemns-violence-in-india-s-capital-city 

USCIRF Condemns Violence in India’s Capital City

The United States Commission on International Religious Freedom (USCIRF) expresses grave concern over the ongoing violence taking place in Delhi, India’s capital city.

uscirf.gov

2,478 people are talking about this
युएससिआइआरएफले भनेको छ– कुनै पनि जिम्मेवार सरकारको एक कर्तव्य यो पनि हो कि आफ्ना नागरिकको सुरक्षाको व्यवस्था गर्नु । हामी भारत सरकारसँग अपिल गर्न चाहन्छौं कि उसले भीडले निसाना बनाइरहेको मुसलमान तथा अन्य व्यक्तिहरुको सुरक्षाप्रति गम्भीर कदम उठाओस् ।

त्यस्तै इस्लामी देशहरुको संगठन ओआइसीले पनि मुस्लिमविरोधी हिंसा भड्काउने हरुलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

OIC

@OIC_OCI

condemns the recent & alarming violence against Muslims in , resulting in the death & injury of innocent people & the arson and vandalism of mosques and Muslim-owned properties. It expresses its sincere condolences to the families of the victims of these heinous acts

ओआइसीले भनेको छ– भारतसँग यो अपिल गर्न चाहन्छौं कि उसले मुस्लिम विरोधी हिंसा भड्काउनेलाई न्यायको कठघरामा उभ्याओस् र आफ्ना राष्ट्रका मुसलमानहरुको सुरक्षा सुनिश्चित् गरोस् ।

दिल्ली हिंसालाई लिएर मलेसियाको युथ ग्रुपले पनि चिन्ता प्रकट गरेको छ । युथ ग्रुपले आफ्ना नागरिकको सुरक्षा गर्न नसक्नु भारत सरकारको नालायकी भएको टिप्पणी गरेको छ ।

त्यस्तै संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद् (युएनएचआरसी)ले पनि दिल्ली हिंसाप्रति चिन्ता व्यक्त गरेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  १० : ५४ बजे

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र