२४ मंसिर २०८०, आइतबार | December 11, 2023

प्रभावकारी कार्यान्वनमा जोड



बुटवल । लैगिक समानता र सामाजिक समावेशिकरणको लागि सरकारले आफ्नो योजना कार्यान्वयनको पक्ष बलियो बनाउन जरुरी रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन ।

युएनडिपिको सहयोगमा सन्चारिका समूह नेपाल प्रदेश नं ५ को आयोजनामा शनिबार बुटवलमा प्रदेशका महिला सभासद तथा सरोकारवालाहरु बिच लैगिक समानता तथा सामाजिक समावेशिकरण अभिमुखिकरण कार्यक्रममा बोल्ने बक्ताहरुले उपयुक्त नीति निर्माणसंगै कार्यान्वयन र क्षमता विकासलाई ध्यान दिनुपर्ने उनिहरुको सुझाव दिनुभयो ।

कार्यक्रमको प्रदेश नं ५ का उपसभामुख कृष्णकुमारी थारुले उद्घाटन गर्दै समाजमा हरेक पक्षमा महिलाको ब्यवस्थापन सफल रहेको बताउनुभयो । समाजमा पुरुषबादी दृष्टिकोण परिवर्तन भएमात्र महिलाको सम्मान हुने भन्दै उनले स्थानिय सरकारमा रहेका धेरै पदहरु महिलालाई केन्द्रीत भुमिका दिदा सफल मिलेको दाबी गर्नुभयो ।

कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्रीका कानुन सचिव राजेन्द्र थापाले सहजिकरण गर्नुभएको थियो । बजेट निमार्ण गर्ने भुमिको रहेका नेपाल सरकारका कर्मचारीहरूलाई समेत अभिमुखिकरण जरुरी रहेको उहाले बताउनुभयो । ठुला निर्माणलाई ध्यान दिईरहदा सामान्य मानविय आवश्यकतालाई छोडीरहेको उहाले दुखेसो गर्नुभयो ।

कार्यक्रममा गैरसरकारी महासंघका प्रदेश ५ का उपाध्यक्ष सुमित्रा शर्माले दीगो विकास लक्ष्य प्राप्ति गर्न सबै पक्षको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । समाजमा रहेको लैगिक विभेदको खाडललाइ अन्त्य गर्न प्रभावकारी कार्यक्रमहरु ल्याउन जरुरी रहेको बताउनुभयो । लैगिक दृष्टिकोणबाट बजेट बिनियोजन र अर्थपुर्ण प्रतिनिधित्व जरुरी रहेको उहाले बताउनुभयो ।

कार्यक्रममा प्रदेश कामिला तथा कानुन समितिका सभापति दामा शर्मा, पत्रकार तथा महिला नेतृ ज्ञानु केसीले महिलालाई आर्थिक रुपमा सबल बनाउन तालिमसंगै क्षमता विकासका कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन जरुरी रहेको भन्दै सक्षम र आरक्षणको बुझाई गलत भएको उहाको दाबी छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ६ : ३८ बजे

पोखरामा सवारी दुर्घटनामा दुई युवतीको मृत्यु

पोखरा । पोखरामा आज साँझ कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा

औद्योगिक विकासका लागि नीतिगत निर्णय कार्यान्वयनमा जोड

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीले राज्यले ठोस औद्योगिक विकासका लागि

माओवादी केन्द्रका उपमहासचिव मातृका यादव अस्पताल भर्ना

काठमाडौं। नेकपा माओवादीका केन्द्रका उपमहासचिव मातृका यादव अस्वस्थ भएर नर्भिक

अर्थतन्त्र बलियो बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड

काभ्रेपलाञ्चोक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र बलियो

शेखर कोइरालाले बोलाए गुट बैठक

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू समूहको बैठक