७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रभावकारी कार्यान्वनमा जोड



बुटवल । लैगिक समानता र सामाजिक समावेशिकरणको लागि सरकारले आफ्नो योजना कार्यान्वयनको पक्ष बलियो बनाउन जरुरी रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन ।

युएनडिपिको सहयोगमा सन्चारिका समूह नेपाल प्रदेश नं ५ को आयोजनामा शनिबार बुटवलमा प्रदेशका महिला सभासद तथा सरोकारवालाहरु बिच लैगिक समानता तथा सामाजिक समावेशिकरण अभिमुखिकरण कार्यक्रममा बोल्ने बक्ताहरुले उपयुक्त नीति निर्माणसंगै कार्यान्वयन र क्षमता विकासलाई ध्यान दिनुपर्ने उनिहरुको सुझाव दिनुभयो ।

कार्यक्रमको प्रदेश नं ५ का उपसभामुख कृष्णकुमारी थारुले उद्घाटन गर्दै समाजमा हरेक पक्षमा महिलाको ब्यवस्थापन सफल रहेको बताउनुभयो । समाजमा पुरुषबादी दृष्टिकोण परिवर्तन भएमात्र महिलाको सम्मान हुने भन्दै उनले स्थानिय सरकारमा रहेका धेरै पदहरु महिलालाई केन्द्रीत भुमिका दिदा सफल मिलेको दाबी गर्नुभयो ।

कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्रीका कानुन सचिव राजेन्द्र थापाले सहजिकरण गर्नुभएको थियो । बजेट निमार्ण गर्ने भुमिको रहेका नेपाल सरकारका कर्मचारीहरूलाई समेत अभिमुखिकरण जरुरी रहेको उहाले बताउनुभयो । ठुला निर्माणलाई ध्यान दिईरहदा सामान्य मानविय आवश्यकतालाई छोडीरहेको उहाले दुखेसो गर्नुभयो ।

कार्यक्रममा गैरसरकारी महासंघका प्रदेश ५ का उपाध्यक्ष सुमित्रा शर्माले दीगो विकास लक्ष्य प्राप्ति गर्न सबै पक्षको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । समाजमा रहेको लैगिक विभेदको खाडललाइ अन्त्य गर्न प्रभावकारी कार्यक्रमहरु ल्याउन जरुरी रहेको बताउनुभयो । लैगिक दृष्टिकोणबाट बजेट बिनियोजन र अर्थपुर्ण प्रतिनिधित्व जरुरी रहेको उहाले बताउनुभयो ।

कार्यक्रममा प्रदेश कामिला तथा कानुन समितिका सभापति दामा शर्मा, पत्रकार तथा महिला नेतृ ज्ञानु केसीले महिलालाई आर्थिक रुपमा सबल बनाउन तालिमसंगै क्षमता विकासका कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन जरुरी रहेको भन्दै सक्षम र आरक्षणको बुझाई गलत भएको उहाको दाबी छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ६ : ३८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई