७ आश्विन २०८३, बुधबार | September 23, 2026

हवाई फायर गर्दा नरोकेपछि बाइकको टायरमा गोली प्रहार, १०३.७९० ग्राम ब्राउनसुगर बरामद



नेपालगन्ज । लोगुऔषधको कारोबारे पक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको छ । बाँकेको नेपालगन्जमा बाँके प्रहरीले लागु औषधको कारोबारे पक्राउ गर्न गोली प्रहार गरेको हो ।

नेपालगन्ज १४ बालेगाउँबाट बाबुगाउँ तर्फ आउने सडक खण्डमा गोली प्रहार गरेर प्रहरीले १०३.७९० ग्राम ब्राउन सुगरसहित एक भारतीय ब्यक्तिलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारत जिल्ला बहराईच, रुपैडिया थाना चकिया रोड बस्ने वर्ष २४ को नदीम राई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँके र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले बालेगाउँबाट बाबुगाउँ तर्फ आउदै गरेको UP40J0657 नम्बरको भारतीय मोटरसाईकललाई शंका लागि रोकी चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकल चालक भाग्न खोज्दा नियन्त्रणमा लिन २ राउण्ड हवाई फायर गरेको र हवाई फायर गर्दा समेत मोटरसाईकल नरोकी भाग्न खोज्दा थप २ राउण्ड उक्त मोटरसाईकलको टायरमा गोली प्रहार गरेर नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता डीएसपी प्रतितसिंह राठौरले बताए ।

राईको साथबाट लागू औषध ब्राउन सुगर शुद्द तौल १०३ ग्राम ७९० मिलिग्राम फेला परेको डीएसपी रोठौरले बताए । पक्राउ परेका राईबाट मोबाइल १ थान र भारतीय मोटरसाईकल १ थान बरामद गरि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ३ : २६ बजे

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई

हवाई फायर गर्दा नरोकेपछि बाइकको टायरमा गोली प्रहार, १०३.७९० ग्राम ब्राउनसुगर बरामद

नेपालगन्ज । लोगुऔषधको कारोबारे पक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको

मुस्ताङ भन्सारबाट २० दिनमा दुई अर्ब ५४ करोड ९३ लाख राजस्व सङ्कलन

मुस्ताङ । मुस्ताङ भन्सार कार्यालयले २० दिनमा रु दुई अर्ब

मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौंमा

गोरखा । मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव

जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ : महासचिव गुटेरेस

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु