१५ जेष्ठ २०८०, सोमबार | May 30, 2023

प्रदेश ५ मा ड्राईभिङ्ग स्कुल संघ गठन : अध्यक्षमा अधिकारी



बुटवल । ड्राईभिङ्ग ईन्ष्टिच्यूट संचालकहरुको बुटवलमा भएको भेलाले प्रदेश स्तरीय ड्राईभिङ्ग स्कुल संघ नेपाल प्रदेश ५ को तदर्थ समिति गठन गरेको छ ।

प्रदेश ५ का १२ जिल्लाबाट प्रतिनिधि गरेको संचालकहरुको बुटवलमा शनिबार भएको भेलाले मुलुकको नयाँ संरचना अनुसार रुपन्देहीका धनबहादुर अधिकारी (शंकर) को अध्यक्षतामा प्रदेश ४ समिति गठन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा गुरुप्रसाद गौतम (राप्ती), द्वितीय उपाध्यक्षमा संजयकुमार बरनवाल (भेरी) सचिवमा खुमबहादुर खड्का (लुम्विनी), कोषाध्यक्षमा ताराबहादुर अधिकारी (बुटवल) र सह–सचिवमा शिवराज अहमद चुनिनु भएको छ ।

यस्तै भेलाले सदस्यहरुमा माया पाण्डे बुटवल, पट्वारी पश्चिमा थारु नवलपरासी, सरोज पाण्डे बुटवल, बिष्णु गोदार भैरहवा, राधेश्याम थारु कपिलबस्तु, प्रदिप बराल भेरी, शंजयकुमार श्रेष्ठ र कमल बस्नेत राप्ती, एहसान अलि हलुवाई र कर्णबहादुर परियार भेरी, र झक्कुप्रसाद बुढाथोकी राप्ती चुनिनु भएको निर्वाचन प्रमुख कृष्णदेव भण्डारीले जानकारी दिनुभयो ।

ड्राईभिङ्ग स्कुल संघ नेपाल लुम्विनी अञ्चल अध्यक्ष प्रमोद थापाको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष विष्णु विश्वकर्मा, केन्द्रीय महासचिव उमेश सिंह, केन्द्रीय सल्लाहकार लालचन्द्र बन्जाडे लगायतले ड्राईभिङ्ग स्कुल संघ नेपाल प्रदेश ५ का नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो । भेलापछि आफ्ना विचार राख्दै नवनिर्वाचि अध्यक्ष अधिकारीले चालक अनुमतिपत्र प्राप्त गर्न ग्राहकलाई पर्ने समस्या तथा ट्रायलका विषयमा हुने झन्झटका विषयलाई सहज बनाउने योजना सहितका कार्यक्रम ल्याउने बताउनुभयो ।

कार्यक्रमको संचालन सचिव कविन्द्रमान श्रेष्ठले गर्नु भएको थियो । संघका पहिले केन्द्रीय र अञ्चल समितिहरु भएका र राज्यको पुनःसंरचना अनुसार प्रदेश ५ मा प्रदेश समिति गठन गरिएको संघका अञ्चल कोषाध्यक्ष श्रीधर अर्घाली मगर जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ६ : ५५ बजे

खजुरामा धुमधामका साथ मनाइयो गणतन्त्र दिवस

खजुरा । १६ औ गणतन्त्र दिवसलाई खजुरा गाउँपालिकाले बृहत कार्यक्रम

अव करदाताले क्युआर कोड सहितको कर चुक्ता प्रमाणपत्र लिन सक्ने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा राजश्व प्रशासनलाई व्यापक सुधार

तयारी वस्तुमा भन्दा कच्चा वस्तुको आयातमा एक तह कम भन्सार लाग्ने

काठमाडौं । सरकारले तयारी वस्तुको तुलनामा कच्चा पदार्थ आयातमा लाग्ने

भारत भ्रमणबारे प्रधानमन्त्रीले गराए संसदलाई जानकारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय हितलाई केन्द्रमा

Interview: Only an advanced democracy can be an alternative to democracy – PM Prachanda

The 16th Republic Day is being celebrated across the country