१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

प्रदेश ५ मा ड्राईभिङ्ग स्कुल संघ गठन : अध्यक्षमा अधिकारी



बुटवल । ड्राईभिङ्ग ईन्ष्टिच्यूट संचालकहरुको बुटवलमा भएको भेलाले प्रदेश स्तरीय ड्राईभिङ्ग स्कुल संघ नेपाल प्रदेश ५ को तदर्थ समिति गठन गरेको छ ।

प्रदेश ५ का १२ जिल्लाबाट प्रतिनिधि गरेको संचालकहरुको बुटवलमा शनिबार भएको भेलाले मुलुकको नयाँ संरचना अनुसार रुपन्देहीका धनबहादुर अधिकारी (शंकर) को अध्यक्षतामा प्रदेश ४ समिति गठन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा गुरुप्रसाद गौतम (राप्ती), द्वितीय उपाध्यक्षमा संजयकुमार बरनवाल (भेरी) सचिवमा खुमबहादुर खड्का (लुम्विनी), कोषाध्यक्षमा ताराबहादुर अधिकारी (बुटवल) र सह–सचिवमा शिवराज अहमद चुनिनु भएको छ ।

यस्तै भेलाले सदस्यहरुमा माया पाण्डे बुटवल, पट्वारी पश्चिमा थारु नवलपरासी, सरोज पाण्डे बुटवल, बिष्णु गोदार भैरहवा, राधेश्याम थारु कपिलबस्तु, प्रदिप बराल भेरी, शंजयकुमार श्रेष्ठ र कमल बस्नेत राप्ती, एहसान अलि हलुवाई र कर्णबहादुर परियार भेरी, र झक्कुप्रसाद बुढाथोकी राप्ती चुनिनु भएको निर्वाचन प्रमुख कृष्णदेव भण्डारीले जानकारी दिनुभयो ।

ड्राईभिङ्ग स्कुल संघ नेपाल लुम्विनी अञ्चल अध्यक्ष प्रमोद थापाको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष विष्णु विश्वकर्मा, केन्द्रीय महासचिव उमेश सिंह, केन्द्रीय सल्लाहकार लालचन्द्र बन्जाडे लगायतले ड्राईभिङ्ग स्कुल संघ नेपाल प्रदेश ५ का नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो । भेलापछि आफ्ना विचार राख्दै नवनिर्वाचि अध्यक्ष अधिकारीले चालक अनुमतिपत्र प्राप्त गर्न ग्राहकलाई पर्ने समस्या तथा ट्रायलका विषयमा हुने झन्झटका विषयलाई सहज बनाउने योजना सहितका कार्यक्रम ल्याउने बताउनुभयो ।

कार्यक्रमको संचालन सचिव कविन्द्रमान श्रेष्ठले गर्नु भएको थियो । संघका पहिले केन्द्रीय र अञ्चल समितिहरु भएका र राज्यको पुनःसंरचना अनुसार प्रदेश ५ मा प्रदेश समिति गठन गरिएको संघका अञ्चल कोषाध्यक्ष श्रीधर अर्घाली मगर जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ६ : ५५ बजे

समयसीमाभित्रै महाधिवेशन हुन्छ : कांगेस महामन्त्री घिमिरे

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ

प्रधानमन्त्री माग्दै संसदमा हर्क साम्पाङको विरोध, सभामुखसँग सवालजवाफपछि बैठक बहिष्कार

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसदमा

स्वास्थ्यमन्त्री मेहताको भुटानी समकक्षीसँग भेटवार्ता

काठमाडौं । भुटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबीच स्वास्थ्य तथा खाद्य

मानव अधिकार संरक्षणका लागि आयोग सधैं चनाखो हुनुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले मानव अधिकार

हिमाली वातावरणको संरक्षण आजको आवश्यकता हो : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण