१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

जिल्लास्तरीय अन्तर विद्यालय तेक्वान्दो प्रतियोगितामा लुम्बिनी बोर्डिङ स्कुल च्याम्पियन



तिलोत्तमा । पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा–२ जानकीनगरले आफ्नो १२ औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको आयोजना गरेको जिल्लास्तरीय अन्तर विद्यालय तेक्वान्दो प्रतियोगितामा लुम्बिनी बोर्डिङ स्कुल च्याम्पियन भएको छ । ३ स्वर्ण र १ रजत पदक जित्दै लुम्बिनी बोर्डिङ च्याम्पियन भएको हो ।

त्यस्तै ३ स्वर्ण र ३ कास्यपदक जित्दै तिनाउ बोर्डिङ स्कुल दोस्रो भएको छ भने आयोजक पामिर एकेडेमी १ स्वर्ण, ३ रजत र ३ कास्य पदक जित्दै तेस्रो भएको छ । प्रतियोगितामा पामिरकी खुस्बु थापा उत्कृष्ट छात्रा तथा इडन बोर्डिङका अर्जुन मगर उत्कृष्ट छात्रबाट पुरस्कृत भएका छन् ।

छात्रछात्रा दुई विधामा २० केजी, २५ केजी, ३० केजी, ३५ केजी र ४० केजी समूहमा प्रतियोगिता गराइएको थियो । सहभागी विद्यार्थीहरुले १० स्वर्णका लागि प्रतिष्पर्धा गरेका थिए ।

प्रतियोगितामा लुम्बिनी बोर्डिङ, पामिर एकेडेमी, साइनिङ स्टार, बुटवल पब्लिक स्कुल, तिनाउ इङलिस स्कुल, इडन इङलिस स्कुल, ज्ञानपुञ्ज इङलिस स्कुल, स्कलर्सहोम बोर्डिङ स्कुल, गणेश पव्लिक, एम्स, बुद्धदिप र सिद्धार्थ बोर्डिङ स्कुलले भाग लिएका थिए । प्रतियोगिताको उदघाटन गर्दै तिलोत्तमा नगर खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र गुरुङले विद्यार्थीहरुको शारीरिक र मानसिक विकासका लागि खेल अपरिहार्य रहेको बताउनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन चापागाईले विद्यालयले खेलकुद प्रतियोगिताका साथै विभिन्न अतिरिक्त क्रियाकलापमा जोड दिंदै आएको बताउनुभयो ।

त्यस अवसरमा नगर खेलकुद विकास समितिका सदस्य श्रीराम नेपाली, विद्यालयका प्राचार्य माधव अर्याल, नेपाल तेक्वान्दो संघ प्रदेश ५ का सदस्य रामु बरुण, राजकुमार पाण्डे, एभरेष्ट तेक्वान्दो डोजाङका प्रमुख सुरज श्रेष्ठ, खेल संयोजक राजिव क्षेत्री लगायतले बोलेका थिए । कार्यक्रममा उत्कृष्ट प्रतियोगीलाई पुरस्कार वितरण समेत गरिएको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ३ : ४३ बजे

बोले पूर्णबहादुर खड्का : पार्टीका पक्षमा मतदान गर्न आह्वान

काठमाडौँ । निर्वाचनको मिति आउन ४ दिन बाँकी रहँदा नेपाली

पाँच हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

निर्वाचन नजिकिँदै गर्दा आर्थिक चलायमान, दैनिक उपभोग्य वस्तुको माग उच्च

दाङ । प्रतिनिधिसभाको चुनाव नजिकिँदै गर्दा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन

हिमपातले यातायात सेवा अवरुद्ध भएपछि चार मतदान केन्द्रमा हेलिकप्टरबाट निर्वाचन समाग्री ओसारिँदै

अदानचुली । हुम्लाका चारवटा मतदान केन्द्रमा खटिएका कर्मचारी र मतपत्रलगायतका

चितवनमा बैंक खाता खोल्न ३९ उम्मेदवारले सिफारिस लिए , २१ ले मात्र खोले

चितवन । आसन्न प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारी दर्ता गराएका मध्ये २१