२४ भदौ २०८३, बुधबार | September 10, 2026

ओलीको जीत देशको स्वाभिमानसँग जोडिएको विषय : योगेश भट्टराई



झापा । नेकपा (एमाले)का उपमहासचिव योगेश कुमार भट्टराईले झापालाई नेपालका कम्युनिष्ट आन्दोलनका लागि अत्यन्त पवित्रस्थल भएको बताएका छन् ।

आइतबार झापा-५ अन्तर्गत कमल गाउँपालिकाको गेउरियामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले झापामा एमालेको जीत सिंगो कम्युनिष्ट आन्दोलनको जितसँग जोडिएको विषय भएको उल्लेख गरे ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको विजय वा पराजय पार्टीसँग मात्र सीमित विषय नभई समग्र नेपालको प्रतिष्ठा र भविष्यसँग जोडिएको दाबी गरे ।

“केपी शर्मा ओलीको विजय वा पराजय एमालेसँग मात्र सम्बन्धित विषय होइन, यो देशको विजय वा पराजयसँग जोडिएको विषय हो,” उनले भने, “उहाँको विजय नेपाली जनताको स्वाभिमान, राष्ट्रियता र नेपालीत्वको पहिचानलाई थप सुदृढ बनाउने कुरा हो ।”

भट्टराईले ओलीको विजयले देशको स्वाभिमान उचाल्ने, राष्ट्रियतालाई मजबुत बनाउने र ‘हामी नेपाली हौँ’ भन्ने गौरवलाई थप सशक्त बनाउने बताए ।

उनले वर्तमान अवस्थामा पार्टीका आन्तरिक विषयमा बहस गर्ने समय नभएको स्पष्ट पार्दै सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर पार्टीलाई विजय गराउने अभियानमा लाग्न आग्रह गरे ।

पार्टीभित्र कोही संगठन सञ्चालन, कोही संसद र कोही स्थानीय तहमा रहेर जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै उनले अनावश्यक चर्चा-परिचर्चाभन्दा पनि आ-आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  १ : १० बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको