१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

सातौ मणिमुकुन्द रनिङशिल्ड अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता शुरु



बुटवल । सोमबार देखि रुपन्देहीमा सातौ मणिमुकुन्द रनिङशिल्ड अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । मणिमुकुन्द भलिबल क्लबको आयोजनामा शंकरनगरस्थित मणिमुकुन्द भलिबल कोर्टमा प्रतियोगिता शुरु भएको हो ।

उद्घाटन खेलमा जिल्ला भलिबल संघ स्याङजाले जिल्ला भलिबल संघ पाल्पालाई २५–२१, २५–२३ को सोझो सेटमा पराजित गरेको हो । यसैगरि अर्को खेलमा जिल्ला भलिबल संघ बाग्लुङले जिल्ला भलिबल संघ बाकेलाई २५–२१, २५–१७ तथा जिल्ला भलिबल संघ रुपन्देहीले जिल्ला भलिबल संघ रोल्पालाई २५–१३, २५–१७ को सोझो सेटमा पराजित गरेका छन ।

प्रतियोगिताको एक समारोहका बिच प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले उद्घाटन गर्दै नागरिकलाई अनुसासित गराउने, मानसिक र शारीरिक रुपमा स्वस्थ्य बनाउने तथा राष्ट्रलाई चिनाउने माध्यमको रुपमा खेलकुद रहेको बताउनुभयो । कार्यक्रममा नेपाल भलिबल संघका केन्द्रिय महासचिव जितेन्द्र बहादुर चन्द, रुपन्देही भलिबल संघका पुर्वअध्यक्ष तथा क्लबका सल्लाहकार विष्णुकुमार श्रेष्ठ, प्रतियोगिताको संयोजक सुरेन्द्र गुरुङ, वडा नं. ४ का वडाअध्यक्ष दिवाकर ढकाल, क्लबका निवर्तमान अध्यक्ष मिलन रानाले खेल विकासमा सरकारको लगानी जरुरी रहेको बताउनुभयो ।

यसैगरि कार्यक्रममा कोचहरु मिलन राना, अर्जुन घिमिरे, राजन कुवर, रोशन चन्द, राजन कुवरलाई सम्मान गरिएको थियो । भलिबल खेल र युवा खेलाडीहरुलाई प्लेटफर्म दिने उद्येश्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष लोकेन्द्र कुमार भण्डारीले बताउनुभयो । प्रतियोगितामा गण्डकी र ५ नम्बर प्रदेशका १२ जिल्लाका उत्कृष्ट टिमहरुले सहभागिता जनाउने संयोजक सुरेन्द्र गुरुङ बताउनुभयो ।

खेलप्रेमी चित्र बहादुर गुरुङले प्रतियोगिता संचालन गर्न ३ लाख रुपैया सहयोग गरेका छन । यसैगरि प्रथम पुरस्कार राशी निर्मल शर्मा, कृष्णबाबु पोखरेल, शंकर सापकोटा, जितेन्द्र केसी, तारा शर्मा र पशुपति गिरी तथा द्धितिय पुरस्कार हिमाल थापा मगर र सचिन दलार्मीले तथा तृतिय पुरस्कार लुम्बिनी फर्निचरले सौजन्य गरेका छन ।

यस प्रतियोगितालाई खबरकुरा डट कमले प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ३ : ४१ बजे

बोले पूर्णबहादुर खड्का : पार्टीका पक्षमा मतदान गर्न आह्वान

काठमाडौँ । निर्वाचनको मिति आउन ४ दिन बाँकी रहँदा नेपाली

पाँच हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

निर्वाचन नजिकिँदै गर्दा आर्थिक चलायमान, दैनिक उपभोग्य वस्तुको माग उच्च

दाङ । प्रतिनिधिसभाको चुनाव नजिकिँदै गर्दा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन

हिमपातले यातायात सेवा अवरुद्ध भएपछि चार मतदान केन्द्रमा हेलिकप्टरबाट निर्वाचन समाग्री ओसारिँदै

अदानचुली । हुम्लाका चारवटा मतदान केन्द्रमा खटिएका कर्मचारी र मतपत्रलगायतका

चितवनमा बैंक खाता खोल्न ३९ उम्मेदवारले सिफारिस लिए , २१ ले मात्र खोले

चितवन । आसन्न प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारी दर्ता गराएका मध्ये २१