३ पुस २०८२, बिहिबार | December 19, 2025

सातौ मणिमुकुन्द रनिङशिल्ड अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता शुरु



बुटवल । सोमबार देखि रुपन्देहीमा सातौ मणिमुकुन्द रनिङशिल्ड अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । मणिमुकुन्द भलिबल क्लबको आयोजनामा शंकरनगरस्थित मणिमुकुन्द भलिबल कोर्टमा प्रतियोगिता शुरु भएको हो ।

उद्घाटन खेलमा जिल्ला भलिबल संघ स्याङजाले जिल्ला भलिबल संघ पाल्पालाई २५–२१, २५–२३ को सोझो सेटमा पराजित गरेको हो । यसैगरि अर्को खेलमा जिल्ला भलिबल संघ बाग्लुङले जिल्ला भलिबल संघ बाकेलाई २५–२१, २५–१७ तथा जिल्ला भलिबल संघ रुपन्देहीले जिल्ला भलिबल संघ रोल्पालाई २५–१३, २५–१७ को सोझो सेटमा पराजित गरेका छन ।

प्रतियोगिताको एक समारोहका बिच प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले उद्घाटन गर्दै नागरिकलाई अनुसासित गराउने, मानसिक र शारीरिक रुपमा स्वस्थ्य बनाउने तथा राष्ट्रलाई चिनाउने माध्यमको रुपमा खेलकुद रहेको बताउनुभयो । कार्यक्रममा नेपाल भलिबल संघका केन्द्रिय महासचिव जितेन्द्र बहादुर चन्द, रुपन्देही भलिबल संघका पुर्वअध्यक्ष तथा क्लबका सल्लाहकार विष्णुकुमार श्रेष्ठ, प्रतियोगिताको संयोजक सुरेन्द्र गुरुङ, वडा नं. ४ का वडाअध्यक्ष दिवाकर ढकाल, क्लबका निवर्तमान अध्यक्ष मिलन रानाले खेल विकासमा सरकारको लगानी जरुरी रहेको बताउनुभयो ।

यसैगरि कार्यक्रममा कोचहरु मिलन राना, अर्जुन घिमिरे, राजन कुवर, रोशन चन्द, राजन कुवरलाई सम्मान गरिएको थियो । भलिबल खेल र युवा खेलाडीहरुलाई प्लेटफर्म दिने उद्येश्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष लोकेन्द्र कुमार भण्डारीले बताउनुभयो । प्रतियोगितामा गण्डकी र ५ नम्बर प्रदेशका १२ जिल्लाका उत्कृष्ट टिमहरुले सहभागिता जनाउने संयोजक सुरेन्द्र गुरुङ बताउनुभयो ।

खेलप्रेमी चित्र बहादुर गुरुङले प्रतियोगिता संचालन गर्न ३ लाख रुपैया सहयोग गरेका छन । यसैगरि प्रथम पुरस्कार राशी निर्मल शर्मा, कृष्णबाबु पोखरेल, शंकर सापकोटा, जितेन्द्र केसी, तारा शर्मा र पशुपति गिरी तथा द्धितिय पुरस्कार हिमाल थापा मगर र सचिन दलार्मीले तथा तृतिय पुरस्कार लुम्बिनी फर्निचरले सौजन्य गरेका छन ।

यस प्रतियोगितालाई खबरकुरा डट कमले प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ३ : ४१ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको