११ भदौ २०८३, बिहिबार | August 27, 2026

रास्वपा कर्णालीकी संस्थापक महामन्त्रीसहित दुई नेता कांग्रेसमा



सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रा बिक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

निर्वाचनको पूर्वसन्धामा प्रदेश तहकै नेतृत्वले पार्टी परित्याग गरेपछि कर्णालीमा रास्वपाले ठूलो धक्का व्यहोरेको छ।

बिक र बस्नेतले रास्वपा त्याग गर्दै आइतबार सुर्खेतमा आयोजित कार्यक्रममा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माको उपस्थितिमा कांग्रेस प्रवेश गरेका हुन्। शर्माले उनीहरुलाई पार्टीमा स्वागत गर्दै लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्व र जनताका सरोकारका विषयमा कांग्रेस दृढतापूर्वक अघि बढ्ने बताए।

कांग्रेस प्रवेशपछि बोल्दै चन्द्रा बिकले रास्वपा भ्रष्टाचार अन्त्य र सुशासनको एजेन्डासहित स्थापित भए पनि पछिल्लो समय पार्टीभित्र नै अपारदर्शिता बढेको आरोप लगाइन्। उनले उम्मेदवारीका नाममा उठाइएको रकमको हिसाब–किताब स्पष्ट नभएको दाबी गरिन्।

‘आगामी निर्वाचनका लागि अर्ली इलेक्सनमा उठाइएको ५० हजार र प्रत्यक्ष निर्वाचनतर्फ लिइएको २५ हजार रुपैयाँको लेखाजोखा न प्रदेश समितिले दिन सकेको छ, न जिल्ला समितिले नै। यसको यथार्थ अझै खुल्न सकेको छैन,’ उनले भनिन्।

बस्नेत र बिकले देशको राजनीतिक स्थायित्व, लोकतान्त्रिक मूल्य–मान्यता र विकासको एजेन्डा प्रभावकारी रूपमा अघि बढाउन रास्वपा सक्षम नरहेको निष्कर्षसहित आफूहरुले कांग्रेस रोजेको बताए। उनीहरुले अन्य नेता तथा कार्यकर्तालाई पनि समयमै राजनीतिक निर्णय लिन आग्रह गरेका छन्।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ९ : ५१ बजे

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालको उत्तरी क्षेत्रमा

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक