३ पुस २०८२, बिहिबार | December 18, 2025

आज देखि होलि सुरु



काठमाडौ । फागु अर्थात् होली पर्व सुरु भएको जनाउ दिन काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएको छ । आज बिहान ७ बजेर ५७ मिनेटको शुभ साइतमा विधिपूर्वक चीर ठड्याइएको हो ।

वसन्तपुरमा चीर ठड्याएपछि काठमाडौं उपत्यकासहित देशभर होली पर्व सुरु भएको मानिन्छ । वसन्तपुरमा चीर ठड्याइसकेपछि हर्ष बढाइँ गरिएको थियो । त्यसअवसरमा सहभागीहरुले एक आपसमा रंगीबिरंगी रंग लगाईदिएर शुभकामना आदान प्रदान गर्दै खुसीयाली मनाइएका थिए ।

फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ । यस वर्ष होलीको मुख्य दिन काठमाडौंलगायत पहाडी जिल्लाहरुमा फागुन २६ गते र तराई मधेसका जिल्लाहरुमा फागुन २७ गते सार्वजनिक विदा दिइएको छ । रंगीचंगी कपडाहरु बाँधिएको तीन तले चीर फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिन्छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ९ : ५३ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका