५ श्रावण २०८३, मंगलबार | July 21, 2026

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण



खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको झण्डै ५ वर्ष पुग्नै लाग्दा विश्वविद्यालयले केन्द्रीय कार्यालय संचालनका लागि भवन प्राप्त गरेको छ । बाँकेको खजुरामा खजुरा गाँउपालिकाले अलिेसम्म संचालन गर्दै आएको पालिकाको जग्गा सहितको भवन विश्वविद्यालयलाई हस्तान्तरण गरेको छ ।

आज एक कार्यक्रमका बीच खजुरा गाँउपालिकाले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई १० कट्ठा जग्गा सहितको भवन हन्तान्तरण गरेको छ । पालिकाका अध्यक्ष डम्बर विकले विश्वविद्यालयका उपकुलपति प्रा. डा. विनोद ढकाललाई जग्गा र भवनको कागजात हस्तान्तरण गरे ।

भवन हस्तान्तरण कार्यक्रममा बोल्दै उपकुलपति ढकालले छिट्टै खजुराबाट विश्वविद्यालयको कक्षहरु समेत संचालन हुने विश्वास व्यक्त गरे । उनले विश्वविद्यालयका लागि ५० बिगाहा जग्गा प्राप्तीको प्रक्रिया अगाडि बढेको जानकारी दिँदै जग्गा प्राप्तीसँगै खजुरामा विश्वविद्यालयको भौतिक निर्माण सुरु हुने बताए । केन्द्रीय प्रशासनिक कार्यालय संचालनका लागि भवन उपलब्ध गराएकोमा उनले खजुरा गाँउपालिकालाई धन्यवाद व्यक्त गरे ।

पालिका अध्यक्ष विकले खजुरामा शिक्षा मैत्री वातावरण रहेको उल्लेख गर्दै विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गरेर देशको समृद्धिमा योगदान गर्ने विश्वास व्यक्त गरे । उनले खजुरामा रहेका क्यान्सर अस्पताल, कृषि क्याम्पसलगायतका संस्थाहरुलाई खजुराबासीले मैत्रिपूर्ण अपनत्व दिन सकेको बताउँदै विश्वविद्यालयले पनि खजुराबासीको माया पाउने बताए ।

आब २०७६/२०७७ को नीति तथा कार्यक्रम मार्फत खजुरामा स्थापना गर्ने गरि प्रदेश सरकारले विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । विश्वविद्यालयलाई व्यवस्थित रूपमा संचालन गर्न २०७८ साल असार ०८ गतेको प्रदेश राजपत्र मार्फत प्रदेश विश्वविद्यालयको स्थापना, संचालन, नियमन र व्यस्थापन गर्न ऐन प्रकाशित गर्दै ‘विश्वविद्यालय ऐन, २०७८’ जारी गरेको थियो । विश्वविद्यालय ऐन, २०७८ को दफा ४७ ले दिएको अधिकारको प्रयोग गर्दै विश्वविद्यालय नियमावली २०७८ पनि जारी भई हाल नेपालगन्जमा अस्थायी मुकाम बनाएर विश्वविद्यालय संचालन हुँदै आएको छ ।

विश्वविद्यालयमा हाल प्राविधिक तर्फ ४ वटा, सूचना प्रविधि तर्फ २ वटा र इन्जिनियरिङ तर्फ २ वटा कक्षा संचालनमा रहेका छन् । झण्डै डेढवर्ष अघि खजुरामा केन्द्रीय कार्यालयको बोर्ड टाँगिएपनि पालिका भवन आफ्नो नयाँ भवनमा सर्न नसक्दा विश्वविद्यालयको केन्द्रीय कार्यालय संचालन हुन सकेको थिएन । भवनको आवश्यक मरमत पछि लगत्तै केन्द्रीय कार्यालय खजुराबाट संचालन हुने विश्वविद्यालयका रजिष्ट्रार रेगबहादुर भण्डारीले बताए ।

विश्वबिद्यालयका लागि अन्तमा ठहर भएको ९४ बिगाहा जग्गाको भोगाधिकार दिन पालिकाको सिफारिस सहित मन्त्रिपरिषदमा फायल पुगेपनि त्यसलाई घटाएर ५० बिगाहामा झारिएको र सो सम्बन्धमा संघीय सरकारको मन्त्रिपरिषदले निर्णय नगरिदिँदा विश्वविद्यालयका लागि प्रदेश सरकारले विनियोजन गरेको बजेट हरेकवर्ष फ्रीज हुने गरेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ७ : ०९ बजे

तयारी पोसाक सङ्घका पदाधिकारीसँग प्रधानमन्त्रीले छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी । गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण

क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म नयाँ कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न

कक्रोच पार्टीको संसद मार्चमा मिडियाविरुद्ध आक्रोश, संचारकर्मीबीच चर्कियो बहस

कुनै पनि ठूलो विरोध प्रदर्शनमा सञ्चारमाध्यम वा पत्रकारहरू आन्दोलनकारीको निशानामा

विश्वविजेता स्पेनको स्वदेशमा भव्य स्वागत, २० लाख समर्थक सडकमा उत्रिए

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको