२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

राष्ट्रियसभामा नवनियुक्त १८ सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदै



काठमाडौ । राष्ट्रियसभामा नवनियुक्त १८ सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ ।

सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ११ बजे सदस्यहरूको शपथ हुनेछ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनियुक्त सदस्यहरूको शपथ गराउने छन् । एक तिहाइको कार्यकाल दुई वर्षमा सकिने संवैधानिक प्रावधान अनुसार रिक्त हुने स्थानमा माघ २४ गते निर्वाचन भएको थियो ।

निर्वाचित सदस्यहरूले फागुन २१ (बुधबार) देखि औपचारिक रूपमा जिम्मेवारी पाउँदैछन् । निर्वाचन भएका १८ स्थानमध्ये १६ सिट सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले जितेको छ । राष्ट्रिय जनता पार्टीले दुई सिटमा जित हासिल गर्दा अन्य दलले कुनै पनि स्थानमा जित हासिल गर्न सकेका छैनन् । मन्त्रिपरिषद्बाट मनोनीत हुने एक सदस्य सरकारले सिफारिस गरिसकेको छैन । बुधबार नवनिर्वाचित सदस्यहरू इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अछामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहालको शपथ हुनेछ । सदस्यहरू राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमारसिंह यादव, गङ्गाकुमारी बेल्बासे, वेदुराम भुसालको पनि शपथ हुनेछ ।

भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँरको शपथ हुनेछ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १० : ०७ बजे

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद