४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रधानमन्‍त्री ओलीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण



काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौलाको सफलतापूर्वक प्रत्यारोपण गरिएको छ । मिर्गौलादाता समीक्षा संग्रौलाको अपरेशनलगत्तै प्रधानमन्त्री ओलीमा मिर्गौला प्रत्यारोपण गरिएको शिक्षण अस्पताल स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओली बुधबार बिहान १० बजे त्रिवि शिक्षण अस्पतालको शल्यक्रिया कक्षमा लगिएको थियो । चिकित्सकले दिउँसो पौने तीन बजे प्रधानमन्त्रीमा मिर्गौलाको सफल प्रत्यारोपण गरिएको जानकारी दिएका छन् ।

उपचारमा संलग्न चिकित्सकहरुले प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको बताएका छन् । पिसाब पनि पास भएको छ । अस्पतालले केहीबेरमा पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री ओलीको पहिलो पटकको प्रत्यारोपण भारतको अपोलो अस्पतालमा भएको थियो । दोस्रो प्रत्यारोपण भने त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ३ : ३१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको