३ पुस २०८२, बिहिबार | December 18, 2025

रिप्दीकोटको कलासंस्कृति जगेर्ना गर्न भैरबस्थानमा दोस्रो ‘सांस्कृतिक महोत्सव’



पाल्पा । पाल्पाको रिप्दीकोट गाउँपालिकाको कला संस्कृति जगेर्ना गर्ने उद्देश्यले साताव्यापी रुपमा ‘भैरबस्थान सांस्कृतिक महोत्सव’ आयोजना गरिएको छ ।

यहि फागुन २७ देखि चैत २ गतेसम्म हुने सांस्कृतिक महोत्सवमा रिप्दीकोट गाउँपालिकाका ८ वटै वडाका कलासंस्कृती प्रदर्शनी गरिनुका साथै ती कला संस्कृति संरक्षण र जगेर्नाकालागि आयोजना गरिएको सांस्कृतिक महोत्वस सम्पन्न गर्नकालागि गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनालको संयोजकत्वमा मुल समिति गठन गरिएको छ भने विषयगत उपसमितिहरु समेत गठन गरिएको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले जानकारी गराउनुभयो ।

सरकारले नेपाल भ्रमण वर्ष २०२० सञ्चालन गरिरहँदा गत ११ गते कार्यपालिकाको बैठकले भ्रमण वर्षलाई समेत लक्षित गरेर सांस्कृतिक महोत्सव गर्ने र त्यसको मुल समितिको संयोजकमा उपाध्याक्ष खनाललाई जिम्मेवारी दिने निर्णय गरेको थियो । यद्यपी चिनबाट फैलीएको कोरोना भाईरस संक्रमण नभित्रियोस भनेर सरकारले नेपाल भ्रमण वर्षका सबै कार्यक्रम स्थगित गरिसकेको छ ।
महोत्सवमा ८ वटै वडाबाट परम्परागत रुपमा खेली फागुको टोली सहभागि हुन संयोजक खनाले बताउनु भयो । उक्त सांस्कृति महोत्सवको प्रचारप्रसारकालागि गाउँपालिकाको टोली बुधबार प्रदेश राजधानी बुटवल आएको थियो । उक्त टोलीले बुटवलमा गरेको अन्तरक्रिया छलफल कार्यक्रममा पनि सहभागिहरुले पाल्पाको पर्यटन बिकासको प्रमुख धरोहर भैरवस्थान रहेको बताएका थिए । पाल्पाको पर्यटन प्रर्वद्धनकालागि रिब्दिकोटलाई केन्द्र बनाउनु पर्ने उनीहरुको भनाई थियो ।

पाल्पाका पूर्व जिल्ला बिकास समितिका सभापति झपेन्द्र जिसीका अनुसार बि.सं. १३६३ मा चंकिपुरबाट पाल्पा राज्य सञ्चालन भएको र पछि १५४९ मा रुद्र सेनले पूर्णाकोट सारेपछि त्यहिबाट पाल्पा राज्य सञ्चालन भएकाले पनि रिब्दिकोटको ऐतिहासिक रहेको बताउनु भयो । तत्कालिन राजा मणिमुकुन्द सेनले रुरुको ऋषिकेश मन्दिर, भैरवस्थान, प्रवाश शिवालय, तानसेनको सेनमाविको बटुक भैरव मन्दिर, माडीमा रुद्रेश्वर महादेव मन्दिर लगायतका धार्मिक स्थलहरु निर्माण गरेको उहाँले उल्लेख गर्नुभयो । पछि राज्य तानसेनमा सारियो । सेन बंसीय पाल्पा राज्य (पूर्णाकोट) रिब्दिकोट गाउपालिकाको वडा नं. ४ भैरवस्थानमा पर्दछ ।

त्यस्तै भैरवस्थान निवासी बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नवराज श्रेष्ठले पाल्पाको भैरवस्थानलाई केन्द्रमा राखेर आर्थिक समृद्धिका धेरै काम गर्न सकिने बताउँदै त्यसकालागि गाउँपालिकाले बातावरण बनाउनु पर्ने भनाई राख्नुभयो । बुटवल र पाल्पा रिब्दिकोटको बिचमा अन्तर सम्बन्ध पनि धेरै प्रकारले रहेको बताउँदै गर्मिको समयमा समय व्यतिति गर्ने ठाउँको रुपमा बिकास गर्न सकिने उल्लेख गर्दै उहाँले त्यसकालागि यातायातको बिकास गर्नुपर्ने भनाई राख्नुभयो ।

त्यस अवसरमा गाउँपालिकाका अध्यक्ष जिसी तथा भैरवस्थानका बुद्धिजिवी मेघराज पौडेलले त्यस क्षेत्रको बिकासकालागि गाउँपालिका मात्रै भन्दा पनि त्यस गाउँपालिकासंग अन्तरसम्बन्ध भएका लगानीकर्ताहरुलाई थोरै भएपनि लगानी बिस्तारका लागि आग्रह गर्नुभयो ।
सांस्कृतिक महोत्सवको पहिलो दिन फागुन २७ गते उद्घाटन सहित परम्परागत होली (फाहु)को झाँकी प्रदर्शन गरिने छ ।

त्यस्तै २८ गते रक्तदान, २९ गते सरसफाई, ३० गते बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, १ गते कुसुमखोला स्थित जलेश्वर भ्रमण र २ गते बिभिन्न कला संस्कृतिका झाँकी सहितको ¥याली, सभा तथा सम्मानको कार्यक्रम रहेको संयोजक खनालले जानकारी गराउनु भयो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ११ : ३४ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन