२१ भदौ २०८३, आइतबार | September 7, 2026

खाद्य गुणस्तर अधिकार र संप्रभुता विषय अन्तरक्रिया गोष्ठी



बुटवल । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ को आयोजनामा खाद्य गुणस्तर अधिकार र संप्रभुता विषयक अन्तरक्रिया गोष्ठी बुटवलमा सम्पन्न भएको छ ।

भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव श्रीधर ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका मन्त्री आरती पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले खाद्य अधिकार सुनिश्चिताका लागि प्रदेश सरकार सदैभ तयार रहेको बताउनुभयो ।

कार्यक्रममा कृषि विकास निर्देशनालयका प्रमुख याम नारायण देवकोटा, पशुपंक्षि विकास महाशाखा प्रमुख डा. प्रदिप शर्मा पौड्याल, कृषि विकास रणनीतिक विज्ञ डिलाराम भण्डारी, कृषि ज्ञान केन्द्र प्रमुख राम मिलान विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रदेश स्तरमा खाद्य गुणस्तरको अवस्था यसको नियमन सम्बन्धी विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलयका खाद्य अनुसन्धन अधिकृत प्रशान्त पोखरेलले, नेपाल सरकारको खद्या अधिकार तथा सम्प्रभुतामा नितीगत व्यवस्था विषयमा कृषि विकास रणनीतिक सल्लाहकार डिलाराम भण्डारी र प्रदेश सरकारको खाद्य अधिकार, सम्प्रभुतामा नीतीगत व्यवस्था विषयमा श्रीधर ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन नविन गैरेले गर्नुभएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ५ : ४२ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त