४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना प्रभाव : ३४६६ को मृत्यु, लाख बढी संक्रमित, ५६१२६ जना निको भए



एजेन्सी । विश्वब्यापी महामारीको रुप लिएको कोरोना भाईरसको कहर अझै पनि कायमै् छ । शुक्रबारसम्म संक्रमितहरुको संख्या एक लाख नाघेको हो । संक्रमितको संख्या १ लाख १ हजार ७ सय ७० पुगेको हो । चीन बाहेकका मुलुकमा २१ हजार १ सय ९४ जना संक्रमित रहेका छन ।

विश्वका ९६ देशमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण ३ हजार ४ सय ६६ जनाको मृत्यु भैसकेको छ । ५६ हजार १ सय २६ जना संक्रमित विरामी निको पनि भैसकेका छन । कोरोनाको उद्गम मुलुक चीनमा संक्रमितको संख्या ८० हजार ५ सय ७६ पुगेको छ । ३ हजार ४२ जनाको मृत्यु भैसकेको छ । चीन बाहेकका मुलुकमा मर्नेको संख्या ३ सय ७० पुगेको छ ।

चीन पछिको अत्यधिक कोरोना प्रभावित मुलुक दक्षिण कोरियामा ६ हजार ५ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ भने ४३ जनाको मृत्यु भएको छ । त्यस्तै इटालीमा ४६३६ जना संक्रमित छन भने १९७ जनाको मृत्यु भैसकेको छ । त्यस्तै ईरानमा ४७४७ जनामा संक्रमण पुष्टि भएको छ भने १२४ जनाको मृत्यु भैसकेको छ ।

पछिल्लो खवर अनुसार एशियाली मुलुक भुटानमा पनि कोरोना संक्रमणको पहिलो बिरामी भेटिएका छन ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ९ : ५६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको