८ कार्तिक २०८३, आइतबार | October 25, 2026

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट २२ जनाको मृत्यु



एजेन्सी । अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । अहिलेसम्म २२ जनाले ज्यान गुमाइसकेका छन् । ३० भन्दा धेरै राज्यमा संक्रमण फैलिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

कोरोना भाइरस फैलिएपछि ओरेगन राज्यमा आइतबार आपतकालको घोषणा गरिएको छ । पछिल्लो समय राजधानी वासिङ्टनमा थप दुई जनाको मृत्यु भएको छ । अमेरिकामा ५ सय भन्दा धेरैमा संक्रमण देखिएको छ ।

नेसनल इन्सिटच्युट अफ हेल्थमा संक्रामक रोग विभागका प्रमुख एन्थोनी फाउसीले कोरोनाको संक्रमण नियन्त्रणका लागि हरेक प्रयास गरिरहेको जनाएका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म संसारभर ३ हजार ७ सय जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ११ : ४८ बजे

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा । अमरगढी नगरपालिका-७ का १९ वर्षीय दीपक भट्टराई पढाइ

असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज

पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी

कास्की । पशुमा महामारीजन्य रोगको सङ्क्रमण र जोखिम न्यूनीकरण गर्ने

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा । स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र

शिखका पहिरो प्रभावित भन्छन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले