४ पुस २०८२, शुक्रबार | December 20, 2025

हरेक सय वर्षमा संसारभर ठूलो महामारी : यस्तो छ तथ्य



एजेन्सी । संयोग भनौं या अन्य केही, हरेक एक सय बर्षको अन्तरमा पुरै संसारमा एक ठूलो महामारीको आक्रमण हुन्छ ।

सन् २०१९ को अन्तिममा चीनको वुहानबाट अहिले कोरोना भाइरसको संक्रमण संसारभर फैलिएको छ । यो महामारीले झण्डै ४ हजार जनाको मृत्यु भैसकेको छ । १ लाख भन्दा धेरै प्रभावित भएका छन् ।

हरेक सय बर्षमा मानिसले महामारीको नयाँ औषधि खोज्नु पर्छ । यस्तै पछिल्लो ४ सय बर्षदेखि यस्तो खाले महामारी हुँदै आएको विभिन्न अध्ययनले पुष्टि गरेको छ ।

सन् १७२० मा पुरै दुनियामा प्लेग फैलिएको थियो । फ्रान्सको एक शहर मार्सिलेमा कलाकार मिशेल सेरेले प्लेगले कति मान्छे मरेको थियो भन्ने फोटोमा देखाएका छन् ।

मार्सिलेमा फैलिएको प्लेगले १ लाख मानिसको मृत्यु भएको थियो । प्लेग फैलिएको एक महिनामा ५० हजार मानिसको मृत्यु भएको थियो । बाँकी ५० हजार त्यसको दुई बर्ष भित्र मरेका थिए ।

प्लेग फैलिएको सय बर्ष पछि अर्थात सन् १८२० मा एसियाली देशमा कोलेराले महामारीको रुप लियो । जापान, मध्यपूर्वका विभिन्न देश, नेपाल, भारत, थाइल्याण्ड, फिलिपिन्स, ओमान, चीन, मौरिसस, सिरियालगायतका देशमा यसले धेरै ठूलो क्षती गर्यो ।

कोलेराले इण्डोनेसियामामात्रै एक लाख मानिसको मृत्यु भएको थियो । थाइल्याण्ड र फिलिपिन्स पनि धेरै मानिसले ज्यान गुमाएका थिए ।

कोलेराको महामारी फैलिएको सय बर्षपछि सन् १९२० मा स्पेनिश फ्लू फैलिएको थियो । यो सन् १९१८ मा नै सुरुभए पनि सन् १९२० मा मुख्य असर देखिएको थियो ।

फ्लूको कारण १ करोड ७० लाख देखी ५ करोड को बिचमा मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।

सन् २०२० मा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट अहिलेसम्म झण्डै ४ हजार जनाले ज्यान गुमाइसकेका छन् । १ लाख १० हजार जनामा संक्रमण देखिएको छ ।

कोरोना भाइरसका कारण सबैभन्दा धेरै प्रभावित हुने देश चीन र इटली हुन् । चीनमा झण्डै ३ हजार २ सय र इटलीमा कोरोना भाइरसको कारण ३६६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ६ : ४९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको