२२ मंसिर २०८०, शुक्रबार | December 9, 2023

चीनबाट उद्धार गरेकालाई जस्तो अब क्वारेन्टाइनमा राख्न सकिँदैन : स्वास्थ्यमन्त्री ढकाल



काठमाडौ । कुनै व्यक्तिमा कोरोना भाइरस (कोभिड—१९) को आशंका देखिएमा आफै क्वारेन्टाइनमा बस्नुपर्ने सरकारले जनाएको छ ।

मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री भानुभक्त ढकालले चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखे जसरी नराख्ने बताउनुभएको हो । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार आफै क्वारेन्टाइनमा बस्नुपर्ने उहाँले बताउनुभयो ।

ज्वरो आउने र रुघाखोकी देखिएमा अस्पतालमा परीक्षण गराउने व्यवस्था सरकारले गर्ने उहाँले बताउनुभयो । कुनै व्यक्तिमा संक्रमण देखिए त्यसको जिम्मा सरकारले लिने मन्त्री ढकालले बताउनुभयो । ठूलो समूहमा क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा सरकारले खरीपाटी क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्ने उहाँको भनाई छ । युवा संघले सामाजिक सञ्जाल र विभिन्न आम सञ्चार माध्यमबाट अड्कलबाजीमा सूचना सम्प्रेषण भइरहेको सन्दर्भमा आधिकारिक सूचना जारी गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

संक्रमण भएमा उपचार गर्ने र अन्यमा फैलिन नदिने विधिबारे प्रचारप्रसार गर्न आवश्यक कदम चाल्न पनि आग्रह गरेको छ । विमानस्थल, भारतीय सीमा नाकाहरुमा स्वास्थ्य चेकजाँचको प्रभावकारी व्यवस्था गर्नुका साथै भाइरस संक्रमित देशबाट नेपाल आउने जो कोहीलाई क्वारेन्टाइन्मा राख्ने व्यवस्थाले मात्रै संक्रमण नफैलने सुनिश्चिता गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटाले बताउनुभयो ।

सरकारले चीन, दक्षिण कोरिया, जापान, फ्रान्स जर्मन इटाली र इरान लगायतका मुलुकबाट आउने यात्रुहरुलाई कडाई गरेको छ । नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिएपनि अस्पतालमा चेकजाँच गर्न जानेहरुको संख्या भने बढिरहेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ६ : ५६ बजे

राष्ट्रिय अनुसन्धानको नक्कली नियुक्ति पत्र दिएर जागिर खुवाउने खाँ पक्राउ

नेपालगन्ज । राष्ट्रिय अनुसन्धानको नक्कली नियुक्तिपत्र बनाएर जागिर खुवाउने एकजनालाई

झापा र वीरगञ्जबीचको खेल बराबरीमा सकियो

काठमाडौं । नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको झापा

समझदारी, विश्वास र एकता प्रवर्द्धनमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण एशियाली क्षेत्रीय सहयोग

लुम्बिनीमा नेपाल-भारत साँस्कृतिक उत्सव : भारत र चीनको पक्की पुल बन्न चाहन्छौं – मन्त्री किराँती

लुम्बिनी । सँस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीले

Parliamentary Hearing Committee approves Sanil for ambassadorial post

Kathmandu: The Federal Parliament Hearing Committee on Friday unanimously approved