१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

कोरोनाले झण्डै साढे ५ हजारको ज्यान लियो, अमेरिकामा संकटकाल घोषणा



एजेन्सी । विश्व स्वास्थ्य संगठनले महामारीको घोषणा गरेको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५ हजार ४ सय १६ पुगेको छ । चीनको वुहानबाट फैलिएको यो भाइरसको संक्रमणबाट ५ हजार ४ सय १६ जनाको मृत्यु भएको हो ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १ सय ३८ देशमा पुगेको छ । अहिलेसम्म १ लाख ४५ हजार ३ सय ४१ जनामा संक्रमण पुष्टि भएको छ । ति मध्ये ७० हजार ९ सय ३१ जना निको भएका छन । कोरोनाको संक्रमणबाट सबैभन्दा बढी चिनियाँ नागरिक प्रभावित भएका छन् ।

चीनमा ८० हजार ८ सय १७ जना संक्रमित भएका छन भने ३ हजार १ सय ७७ जनाले ज्यान गुमाएका छन् । अहिले चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आउने क्रम जारी छ । चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा भएको दाबी गरिरहँदा इटालीमा फैलने क्रम भने बढ्दो छ ।

इटालीमा अहिलेसम्म १७ हजार ६ सय ६० जनामा संक्रमण देखा परेको छ । त्यस्तै १ हजार २ सय ६६ जनाले ज्यान गुमाएका छन् । त्यसैगरि इरानमा ११ हजार ३ सय ६४ संक्रमित रहेको र ५ सय १४ जनाले ज्यान गुमाएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दक्षिण कोरियामा ज्यान गुमाउनेको संख्या ७१ पुगेको छ भने ७ हजार ९ सय ७९ जना संक्रमित छन् ।

त्यसैगरि कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संकटकाल घोषणा गरिएको जानकारी दिएका हुन् । तर, संकटकाल कति दिनसम्म लागू हुन्छ भन्ने कुरा उनले खुलाएका छैनन् ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ७ : २८ बजे

नख्खु जेल प्रकरणमा रवि लामिछानेसहित चार जनामाथि सूक्ष्म अनुसन्धान सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा नख्खु

जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र

पूर्वाधार विस्तारमा प्रगति, सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो

काठमाडौं । मुलुकको आर्थिक तथा सामाजिक विकासको आधार मानिने भौतिक

शुक्रबार अपरान्ह ४ बजे बजेट भाषण

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री