३० पुस २०८२, बुधबार | January 14, 2026

स्वदेशी लगानी बाह्रसिंगे बियरको रुपन्देहीका होटल व्यवसायीद्धारा स्थलगत अध्ययन



बुटवल । याक ब्रिविङ्ग कम्पनी प्रा.ली.को निमन्त्रणामा रुपन्देहीका होटल व्यबसायीले उक्त कम्पनीको बियर उद्योगको स्थलगत अध्ययन गरेका छन् ।

याक ब्रिविङ्ग कम्पनी प्रा.ली.ले उत्पादन सुरु गरेको ‘बाह्रसिंगे बियर’को बारेमा व्यबसायीलाई जानकारी गराउनकालागि होटल तथा रेष्टुरेण्ट व्यबसायी संघ रुपन्देहीलाई संस्थागत निमन्त्रणा गरेको थियो ।
कम्पनीको निमन्त्रणा अनुसार होटल तथा रेष्टुरेण्ट व्यबसायी संघ रुपन्देहीको कार्यसमितिका पदाधिकारी, सदस्य, टोल समितिका संयोजकहरु, अग्रज व्यबसायी सहितको टोलीले चितवनको ईच्छामनकामना गाउँपालिका कुरिन्टारमा रहेको ‘बाह्रसिंगे बियर’को उद्योग र त्यसको उत्पादनका बारेमा स्थलगत अवलोकन गरि जानकारी लिएको संघका महासचिव माधवकुमार खनालले जानकारी गराउनुभयो ।

रुपन्देहीबाट गएको टोलीलाई उद्योगका सञ्चालक रबि केसीले स्वदेशी लगानीमा सञ्चालित उद्योगको उत्पादन प्रवद्र्धन गर्न र त्यसबाट फाईदा लिन समेत होटल व्यबसायीलाई आग्रह गर्नुभयो । सरकारले बाह्य लगानी आह्वान गरिरहेका वेला स्वदेशी लगानी स्वदेशमै गरिएको बताउँदै उहाँले स्वदेशी लगानीको संरक्षण र प्रवद्र्धन गर्न सरकार तथा व्यबसायीलाई समेत आग्रह गर्नुभयो । उहाँले १ अर्व ५० करोड लगानीमा बियर उद्योग सञ्चालनमा ल्याएको जानकारी गराउँदै हाल उक्त उद्योगको मासिक ४ लाख केस (पेटी) उत्पादन क्षमता रहेको जानकारी गराउनुभयो ।

त्यस अवसरमा होटल तथा रेष्टुरेण्ट व्यबसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले स्वदेशी उत्पादनलाई व्यबसायीले प्रोत्साहन तथा प्रवद्र्धन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कम्पनीका बजार प्रतिनीधि प्रितिम गिरीले नयाँ बियरको बारेमा प्रकाश पार्दै याक ब्रिविङ्ग कम्पनी प्रा.ली.कै टिमले यति डिष्ट्रिलरीबाट ब्लाक चिम्नी, वर्ड दरबार, ८८४८, लगायतका मदिरा उत्पादन तथा बजारीकरण गर्दै आएको जानकारी गराउनुभयो ।

याक ब्रिविङ्ग कम्पनी प्रा.ली.ले नयाँ उत्पादन गरेको ‘बाह्रसिंगे बियर’ क्यान र बोटल तथा प्रिमियम र स्ट्रोङ् दुबैमा रहेको पनि उहाँले जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ६ : ३० बजे

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर । दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

विशेष महाधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व घोषणा गरिँदै

काठमाडौँ । गत आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो

कांग्रेस विभाजन हुन्न : महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्य र विवेकको

रवि विरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारीले रवि लामिछाने विरुद्धका रवि विरुद्ध

अभियन्ता सुमन सायमिलाई पार्टीमा भित्र्याउँदै प्रचण्डद्वारा काठमाडौं-८ को उम्मेदवार घोषणा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी