४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपालमा परीक्षण गरिएका ४६७ मा ‘कोभिड–१९’ को नतिजा ‘नेगेटिभ’



काठमाडौ । नेपालमा आइतबारसम्म ‘कोभिड–१९’ को परीक्षण गरिएका सबै नतिजा ‘नेगेटिभ’ देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंहले आइतबारसम्म ४६७ नेपालीको कोरोनाको परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ अर्थात् सकारात्मक आएको बताउनुभयो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले आज आयोजना गरेको ‘कोभिड–१९ जानकारी तथा जनचेतना’ विषयको कार्यक्रममा उनले भने, “वृद्धवृद्धामा बढी स्वासप्रश्वासको समस्या हुने भएकाले विश्वमा कोरोनाका कारण बढी तिनकै मुत्यु भएको देखिन्छ, कोरोना विशेष गरी ७८ प्रतिशत ज्वरो, ६७ दशमलव सात प्रतिशत सुक्खा खोकी, १८ दशमलव छ प्रतिशत स्वास फेर्ने कठिनाइका कारण हुने गर्छ ।”

मुलुकका १८ जनस्वास्थ्य विज्ञ कोरोना परीक्षण गर्न परिचालित छन् । मन्त्रालयले नेपाल प्रवेश गर्ने ४३ नाकामा सहायता कक्ष राखेको बताइएको छ । नेपालका तीन अस्पतालमा सघन उपचार गरिने व्यवस्था मिलाइएको सिंहले जानकारी दिनुभयो । “मुलुकमा कोरोनाको सङ्क्रमण फैलियो भने जनता भोको हुन्छ भनी सरकारले छ महिनालाई पुग्ने अन्न पनि भण्डारण गरेको छ”, उहाले भन्नुभयो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. वासुदेव पाण्डेले हरेक व्यक्तिले आफ्नो सरसफाइ र सामाजिक वातावरणमा ख्याल गरी ध्यान पु¥याउँदा कोरोनाको सङ्क्रमणबाट बच्न सकिने औँल्याउनुभयो ।

उहाले भन्नुभयो, “आज हरेक नेपालीको दिमागमा कोरोनाको त्रास छ, यसलाई तपाईहरुले हटाउनुपर्छ, विश्वमा सूक्ष्म जीवाणु (भाइरस) स्वासप्रश्वासबाट यसअघि सन् २००४ मा एचएसएनए, सन् २००५ मा एचएसएन–७, सन् २००९ मा एचवानएन–१, २०१२ मा एमइआरएस–कोभ, सन् २०१८ मा निपाच सूक्ष्म जीवाणु र २०१९ मा कोभिड–१९ गरी पटकपटक आएको देखिएको हुँदा यसबाट डराएर भाग्नाका साथै समाधानमा लाग्नुपर्छ ।”

घर वा कार्यालयमा दैनिक मास्क, स्यानीटाइजर र साबुनपानीको प्रयोग गरी स्वस्थ्य खानाको सेवन गरेर नेपालीले कोरोनाको डर हटाउनुपर्ने पाण्डेको भनाइ थियो ।

नास्टका मुख्य वैज्ञानिक अधिकृत कान्ति श्रेष्ठले हरेक रोगलाई जित्न सक्ने सामथ्र्य मानिसले बनाउँदै सूक्ष्म जीवाणु नियन्त्रण गर्न सक्ने सुझाव दिनुभयो । उहाले भन्नुभयो, “हरेक दिन ५० देखि ७० खर्ब जीव मानिसको शरीरबाट मर्ने तथा नयाँ बन्ने गर्छन्, हामीले कुनै पनि सङ्क्रमणबाट बच्न भिटामिन सी, डी र ई भएका खानेकुरा खानुपर्छ, घरेलु औषधिमा बेसार, अदुवा, सिलाम, तुलसी, सुपारी, दालचिनी, घरेलु महजस्ता चिजले मानिसको सामथ्र्य बढाउने हुँदा यसको प्रयोग गर्नुपर्छ ।”

ललितपुर महानगरपालिका– २४ का वडाध्यक्ष दिनेश कार्कीले कोभिड–१९ को सङ्क्रमणबाट जनतालाई बचाउन महानगरले मास्क निर्माण गरी रु १७ मा तयार गरिएको मास्कलाई महानगरपालिकाले रु १० र व्यक्तिले रु सात तिर्ने व्यवस्था गरिदिने निर्णय भएको बताउनुभयो । उहाले भन्नुभयो, “स्यानीटाइजर निर्माणको तालीम सम्पन्न भएपछि ललितपुरका घरघरमा यसलाई पु¥याउनेछौ ।”

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का पूर्वकर्मचारी एवं वैैज्ञानिक डा. किरणराज जोशीले मानिसमा रहेको कोरोनाको त्रास हटाउन महानगरपालिकाले मास्क र स्यानीटाइजर अनिवार्य प्रयोग गर्ने अभियान सञ्चालन गर्न जरुरी रहेको औँल्याउनुभयो ।

नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरका डा। मुरारीमान श्रेष्ठले स्थानीय अल्कोहल प्रयोग गरी स्यानीटाइजर निर्माण गरे जस्तै जडीबुटी प्रयोग गरेर पनि हाते स्यानीटाइजर निर्माण गर्न नास्टका वैज्ञानिकलाई सुझाव दिनुभयो ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ७ : ३० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको