७ चैत्र २०८२, शनिबार | March 21, 2026

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डवीच भेट, भोलि अपराह्न ४ बजे बोलाइयो सचिवालय बैठक



काठमाडौ । सत्तारुढ नेकपाले बुधबार सचिवालय बैठक बोलाएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको भेटवार्तापछि बुधबार सचिवालय बैठक बोलाइएको हो ।

बुधबार अपराह्न ४ बजेका लागि बैठक बोलाएको बालुवाटार स्रोतले जनाएको छ । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणपछि ओली बालुवाटारमै आराम गरिरहनुभएको छ । फागुन १९ मा अस्पताल भर्ना हुनभएका प्रधानमन्त्रीको २१ गते बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो। ओली फागुन ३० मा अस्पतालबाट डिस्चार्ज हुनुभएको थियो ।

उहाँ डिस्चार्ज भएको भोलिपल्ट अध्यक्ष प्रचण्ड स्वास्थ्य अवस्था बुझ्न बालुवाटार पुग्नु भएको थियो । त्यसैदिन नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल लगायतले पनि प्रधानमन्त्री ओलीलाई भेटेका थिए ।

भोली बुधबार बस्ने सचिवालय बैठकमा पार्टी एकताका बाँकी काम, एमसीसी कार्यदलको प्रतिवेदन र राष्ट्रिय सभामा उपाध्यक्ष गौतमलाई पठाउने निर्णयबारे छलफल हुन सक्ने सचिवालयका एक नेताले बताए । यसर्थ भोलिको सचिवालय बैठकलाई चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ७ : ४८ बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका