४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डवीच भेट, भोलि अपराह्न ४ बजे बोलाइयो सचिवालय बैठक



काठमाडौ । सत्तारुढ नेकपाले बुधबार सचिवालय बैठक बोलाएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको भेटवार्तापछि बुधबार सचिवालय बैठक बोलाइएको हो ।

बुधबार अपराह्न ४ बजेका लागि बैठक बोलाएको बालुवाटार स्रोतले जनाएको छ । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणपछि ओली बालुवाटारमै आराम गरिरहनुभएको छ । फागुन १९ मा अस्पताल भर्ना हुनभएका प्रधानमन्त्रीको २१ गते बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो। ओली फागुन ३० मा अस्पतालबाट डिस्चार्ज हुनुभएको थियो ।

उहाँ डिस्चार्ज भएको भोलिपल्ट अध्यक्ष प्रचण्ड स्वास्थ्य अवस्था बुझ्न बालुवाटार पुग्नु भएको थियो । त्यसैदिन नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल लगायतले पनि प्रधानमन्त्री ओलीलाई भेटेका थिए ।

भोली बुधबार बस्ने सचिवालय बैठकमा पार्टी एकताका बाँकी काम, एमसीसी कार्यदलको प्रतिवेदन र राष्ट्रिय सभामा उपाध्यक्ष गौतमलाई पठाउने निर्णयबारे छलफल हुन सक्ने सचिवालयका एक नेताले बताए । यसर्थ भोलिको सचिवालय बैठकलाई चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ७ : ४८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको