९ भदौ २०८३, मंगलबार | August 25, 2026

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु : माधव नेपालको अर्थपूर्ण अनुपस्थिति !



काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

केहीबेरअघि सुरु बैठकमा पार्टी एकताका बाँकी काम, राष्ट्रियसभामा यसअघि सचिवालयले गरेको निर्णय र संसारभर फैलिएको कोरोना भाइरसको महामारीको अवस्थाबारेमा छलफल हुने स्रोतले जनाएको छ ।
राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने एक जनामा उपाध्यक्ष बामदेव गौतम वा अर्थमन्त्री युवराज खतिवडा भन्ने टुंगो लगाउने विषयमा पनि छलफल हुने स्रोतको भनाइ छ ।
प्रधानमन्त्री ओलीले खतिवडालाई निरन्तर अर्थमन्त्रीको रुपमा राख्न चाहेकाले बामवेद पनि राष्ट्रियसभामा जाने र खतिवडालाई पनि निरन्तरता दिनमिल्ने कुनै अर्को विकल्पमा पनि छलफल हुने स्रोतको दावी छ ।

माधव नेपालको अर्थपूर्ण अनुपस्थिति !

सचिवालय बैठकमा नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल अनुपस्थित रहनुभएको छ । उहा रुपन्देहीमा आयोजित कार्यक्रममा भाग लिनका लागि त्यसतर्फ जानुभएको छ । उहाको सचिवालयले पर्सिमात्रै नेपाल काठमाडौं फर्किने जानकारी दिएको छ ।

नेपालको सचिवालयका अनुसार लुम्बिनीमा आयोजित कार्यक्रम पूर्वनिर्धारित कार्यक्रम हो । त्यसैले नेपाल कार्यक्रममा भाग लिनका लागि त्यसतर्फ जानुभएको हो ।

तर सचिवालयका एक सदस्यले भने नेपालको अनुपस्थिति अर्थपूर्ण रहेको बताएका छन् । उनले भने, ‘पार्टी एकीकरणका सबै विषय टुंगो लगाउने र यसअघिका निर्णय कार्यान्वयन गर्ने बेलामा वरिष्ठ नेता नेपालको अनुपस्थितिलाई अर्थपूर्णरुपमा लिनुपर्छ । सचिवालय बैठकका लागि कार्यक्रम स्थगित वा भोलि सार्न सकिन्थ्यो ।’

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ४ : ३१ बजे

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

पूर्वसैनिकको ड्रागन फ्रुटखेती : वार्षिक ६० लाखसम्म आम्दानी

सुनसरी । आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि

जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

जुम्ला । जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहमा फलफूल

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले चक्लाबन्दी विधिबाट जग्गा व्यवस्थापन गरी