८ कार्तिक २०८३, आइतबार | October 25, 2026

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु : माधव नेपालको अर्थपूर्ण अनुपस्थिति !



काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

केहीबेरअघि सुरु बैठकमा पार्टी एकताका बाँकी काम, राष्ट्रियसभामा यसअघि सचिवालयले गरेको निर्णय र संसारभर फैलिएको कोरोना भाइरसको महामारीको अवस्थाबारेमा छलफल हुने स्रोतले जनाएको छ ।
राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने एक जनामा उपाध्यक्ष बामदेव गौतम वा अर्थमन्त्री युवराज खतिवडा भन्ने टुंगो लगाउने विषयमा पनि छलफल हुने स्रोतको भनाइ छ ।
प्रधानमन्त्री ओलीले खतिवडालाई निरन्तर अर्थमन्त्रीको रुपमा राख्न चाहेकाले बामवेद पनि राष्ट्रियसभामा जाने र खतिवडालाई पनि निरन्तरता दिनमिल्ने कुनै अर्को विकल्पमा पनि छलफल हुने स्रोतको दावी छ ।

माधव नेपालको अर्थपूर्ण अनुपस्थिति !

सचिवालय बैठकमा नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल अनुपस्थित रहनुभएको छ । उहा रुपन्देहीमा आयोजित कार्यक्रममा भाग लिनका लागि त्यसतर्फ जानुभएको छ । उहाको सचिवालयले पर्सिमात्रै नेपाल काठमाडौं फर्किने जानकारी दिएको छ ।

नेपालको सचिवालयका अनुसार लुम्बिनीमा आयोजित कार्यक्रम पूर्वनिर्धारित कार्यक्रम हो । त्यसैले नेपाल कार्यक्रममा भाग लिनका लागि त्यसतर्फ जानुभएको हो ।

तर सचिवालयका एक सदस्यले भने नेपालको अनुपस्थिति अर्थपूर्ण रहेको बताएका छन् । उनले भने, ‘पार्टी एकीकरणका सबै विषय टुंगो लगाउने र यसअघिका निर्णय कार्यान्वयन गर्ने बेलामा वरिष्ठ नेता नेपालको अनुपस्थितिलाई अर्थपूर्णरुपमा लिनुपर्छ । सचिवालय बैठकका लागि कार्यक्रम स्थगित वा भोलि सार्न सकिन्थ्यो ।’

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ४ : ३१ बजे

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा । अमरगढी नगरपालिका-७ का १९ वर्षीय दीपक भट्टराई पढाइ

असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज

पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी

कास्की । पशुमा महामारीजन्य रोगको सङ्क्रमण र जोखिम न्यूनीकरण गर्ने

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा । स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र

शिखका पहिरो प्रभावित भन्छन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले