७ चैत्र २०८२, शनिबार | March 21, 2026

कोरोना विरुद्ध सेनाको आन्तरिक तयारी तिव्र



काठमाडौ । नेपाली सेनाले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आफ्नो आन्तरिक तयारी तिव्र पारेको छ । सेनाले आन्तरिक तयारी स्वरुप सैनिक मुख्यालयमा अस्थायी टेन्ट निर्माण गरी आफ्ना चिकित्सकहरुलाई तालिम दिएको छ ।

सेनाले उपत्यका बाहिरका नेपाली सेनाका अस्पतालहरुमा कार्यरत चिकित्सकहरुलाई तालिम दिएको हो । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार पोखरा, इटहरी र नेपालगञ्ज अस्पालबाट चिकित्सकसहित ६ जना, फिल्ड एम्बुलेन्सका २—२ जना गरी ३६ जना र ओपिडी हेर्ने १० जना चिकित्सकहरुलाई तालिम दिइएको हो ।

सेनाले १ सय ८१ जनालाई तालिम दिएको छ जसमा ५२ जना मेडिकल टिम र अन्य प्राविधिक टिम रहेका छन् । सेनाले मुख्यालयमा ५४ वटा अस्थायी टेन्ट निर्माण गरेको छ । ९ वटा कलस्टरमा छुट्याएर प्रत्येक कलस्टरमा ६ वटा टेन्ट रहने र एउटा टेन्ट २ वटा बेड हुनेगरी टेण्टहरु निर्माण गरेको हो ।

प्रवक्ता पाण्डेले वीरेन्द्र अस्पतालमा १० तथा पोखरा, इटहरी र नेपालगञ्ज सैनिक अस्पतालमा २-२ वटा आइसोलेसन कक्षहरु स्थापना गरिएको बताउनुभयो । फिल्ड एम्बुलेन्स १८ वटा स्थापना भएको र अबको २ दिनमा सेनाका प्रत्येक अस्पतालमा गरी ५२ वटा आइसोलेन बेडहरु हुने उहाले बताउनुभयो ।

कोरोना संक्रमितको उपचार विधिबारे जानकारी दिन तालिमको आयोजना गरेको हो । विश्वभरी नै कोरोना संक्रमणले महामारीको रुप लिएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिमको क्षेत्रमा राखेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ५ : १२ बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका