७ चैत्र २०८२, शनिबार | March 21, 2026

इन्द्रेणीद्वारा अनाथ, असहाय र दृष्टिविहीनलाई सहयोग



बुटवल । बुटवल सुख्खनगर धर्मपथमा रहेको इन्दे्रणी बहुउद्देश्य सहकारी संस्थाले आफ्नो स्थापनाको २५ वर्ष विभिन्न रचनात्मक कार्यक्रम गरेको मनाएको छ । सहकारीले अनाथ, असहाय तथा दृष्टि बिहीनलाई शैक्षिक सामग्री, खाद्यान्न तथा लत्ता कपडा वितरण गरेर स्थापना दिवस मनाएको हो ।

सहकारीले बुटवल–७ दीपनगरमा रहेको सन्तोषी माता गुरुकुल विद्यापिठ निलकण्ठ बाबाधामका बटुक विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा खाद्यान्न वितरण गर्याे । सहकारीका अध्यक्ष धुर्वकुमार घितालले विद्यापिठका उपाध्यक्ष चुरामणी पौडेललाई बटुकका लागि सहयोग गरिएका कपि कलम तथा खाद्यान्न हस्तान्तरण गर्नु भएको हो । यस्तै संस्थाले बुटवल–८ खुख्खानगरमा रहेको मानवसेवा आश्रममा आश्रित असहायकका लागि नगद सहयोग गरेको छ ।

अध्यक्ष धितालले आश्रमका संचालक लोकनाथ भुषाललाई १६ हजार ५ सय रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । त्यसैगरी सहकारीले तिलोत्तमा मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयका दृष्टिविहीनहरुलाई ब्रेललिपी, खाद्यान्न लगायतका सामग्री वितरण गरेको छ । अध्यक्ष धितालले विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेलाई उक्त समाग्री हस्तान्तरण गर्नु भएको हो ।

संस्थाका सचिव माया गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष मित्रबहादुर शाक्य, उपाध्यक्ष कृष्णप्रसाद अर्याल लगायतले सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यलाई निरन्तरता दिदै संस्थाले स्थापना दिवसमा विभिन्न क्षेत्रमा गरेको सहयोगको सर्हना गर्दै स्थापना दिवसका अवसरमा गरिने कार्यक्रमहरु वर्षभरी निरन्तर गरिने बताउनुभयो ।

दुई हजार ३ सय शेयर सदस्य रहेको ईन्द्रेणीको शेयर पुँजी ७ करोड र समुदायमा शेयर सदस्यका लागि ४० करोड लगानी गरेको ब्यवस्थापक बाबुराम अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ५ : ५१ बजे

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा

हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको

विभेद्जन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने छ : महानिरीक्षक कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जाति तथा

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको