१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

कोरोना भाईरस संक्रमण भित्रिन रोक्न जनचेतना जगाउँदै एस्कोनद्वारा पर्चा वितरण



बुटवल । एक्टिभ सोशियल सर्कल अफ नेपाल (एस्कोन) रुपन्देहीले बिश्वव्यापी महामारीको रुपमा फैलिएको कारोना भाईरस (कोभिड १९) को संक्रमण भित्रिन नदिनकालागि प्रचारात्मक कार्यक्रम गरेको छ ।

छिमेकी मुलुक चिनबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वमा महामारिको रुपमा फैलिएको र नेपालमा पनि यसको संक्रमण हुने सम्भावना बढी भएकाले त्यसबाट जोखिनकालागि अपनाउन सकिने उपायहरु लेखिएको पर्चा पम्पलेट वितरण गरिएको एस्कोन रुपन्देहीका अध्यक्ष खेम जिसीले जानकारी दिनुभयो ।

एस्कोनले बुधबार प्रदेश पाँचको अस्थायी राजधानी बुटवलको ट्राफिकचोक, अस्पताल लाईन, बसपार्क क्षेत्रमा करिव ५ हजार पर्चा पम्पलेट वितरण गरिएको संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार नारायण नेपालले जानकारी गराउनुभयो । जनचेतनाको अभावमा कसैले पनि कोरोना भाईरसबाट संक्रमित हुन नपरोस भनेर जनचेतना अभिबृद्धिकालागि सन्देशमुलक पर्चा वितरण गरिएको संस्थाका निवर्तमान अध्यक्ष केदार खनालले बताउनुभयो ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ७ : ०३ बजे

‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ

काठमाडौं । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई

नवलपुरमा निर्वाचन तयारी पूरा

नवलपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नवलपरासी

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले फेरि ४० अर्ब रुपैयाँ उठाउँदै

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि नेपाल राष्ट्र बैंकले

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं । आज स्थानीय बजारमा मङ्गलबारको तुलनामा सुनको मूल्य स्थिर

हुम्लाका पन्ध्र मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता

हुम्ला । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा कायम गरिएका