३ पुस २०८२, बिहिबार | December 18, 2025

कोरोना भाईरस संक्रमण भित्रिन रोक्न जनचेतना जगाउँदै एस्कोनद्वारा पर्चा वितरण



बुटवल । एक्टिभ सोशियल सर्कल अफ नेपाल (एस्कोन) रुपन्देहीले बिश्वव्यापी महामारीको रुपमा फैलिएको कारोना भाईरस (कोभिड १९) को संक्रमण भित्रिन नदिनकालागि प्रचारात्मक कार्यक्रम गरेको छ ।

छिमेकी मुलुक चिनबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वमा महामारिको रुपमा फैलिएको र नेपालमा पनि यसको संक्रमण हुने सम्भावना बढी भएकाले त्यसबाट जोखिनकालागि अपनाउन सकिने उपायहरु लेखिएको पर्चा पम्पलेट वितरण गरिएको एस्कोन रुपन्देहीका अध्यक्ष खेम जिसीले जानकारी दिनुभयो ।

एस्कोनले बुधबार प्रदेश पाँचको अस्थायी राजधानी बुटवलको ट्राफिकचोक, अस्पताल लाईन, बसपार्क क्षेत्रमा करिव ५ हजार पर्चा पम्पलेट वितरण गरिएको संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार नारायण नेपालले जानकारी गराउनुभयो । जनचेतनाको अभावमा कसैले पनि कोरोना भाईरसबाट संक्रमित हुन नपरोस भनेर जनचेतना अभिबृद्धिकालागि सन्देशमुलक पर्चा वितरण गरिएको संस्थाका निवर्तमान अध्यक्ष केदार खनालले बताउनुभयो ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ७ : ०३ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका