७ चैत्र २०८२, शनिबार | March 21, 2026

ईटालीमा एकै दिन ४७५ को मृत्यु, साउदीमा नमाज पढ्न रोक, हालसम्म ८,९५२ जनाको मृत्यु



एजेन्सी । विश्वब्यापी महामारीको रुप लिएको कोरोना भाईरसको प्रभाव अझै पनि कायमै छ । चीनबाट सुरु भएको यो भाईरस अहिले विश्वका १ सय ७३ मुलुकमा फैलिईसकेको छ । कोरोनाको असर चीनपछि ईटलीमा बढी परेको छ ।

ईटलीमा पछिल्लो २४ घण्टामा ४ सय ७५ जनाको मृत्यु भैसकेको छ । जसअनुसार हालसम्म २ हजार ९ सय ७८ जनाले ज्यान गुमाएका छन । गत २४ घण्टाको अवधीमा ईटलीमा ४ हजार २ सय ७ जनामा संक्रमण पुष्टि भएको छ । यो समेत हालसम्म संक्रमितहरुको संख्या ३५ हजार ७ सय १३ पुगेको छ ।

ईटलीपछि दोस्रो ठूलो असर परेको ईरानमा एकै दिन १ सय ४७ जनाको मृत्यु भएको छ भने कुल मृतकको संख्या १ हजार १ सय ३५ पुगेको छ । यहाँ एकै दिन ११ सय ९२ जना संक्रमित भेटिएका छन । त्यसैगरि बेलायतमा पनि एकै दिन ३३ जनाको मृत्युपछि ज्यान गुमाउनेहरुको संख्या ६ सय ७६ पुगेको छ ।

कोरोनाको उद्गम मुलुक चीनमा भने गत २४ घण्टामा मात्रै ११ जनाको मृत्यु भएको छ भने १३ जना नयाँ संक्रमित भेटिएका छन । कोरोना संक्रमण त्रास र यसबाट बच्नका लागि कट्टर मुस्लिम मुलुक साउदी अरबमा ब्यापक परिवर्तन आएको छ ।

त्यहाँस्थित पवित्र धार्मिकस्थल मक्का र मदिनामा बाहेक अन्य सबै मस्जिदहरुमा नमाज पढ्न रोक लगाईएको छ । दिनमा ५ पटक नमाज पढ्नु पर्ने धार्मिक नियम पुरा गर्न सबेलाई आ–आफ्नै घरमा नमाज पढ्न साउदी सरकारले निर्देशन जारी गरेको छ । कोरोना (कोभिड १९) को प्रकोप फैलिएका सबै मुलुकहरुले बचावका लागि हर सम्भव प्रयास गरिरहेका छन भने आम मानिसको सार्वजनिक जीवन खोसिएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर ८ हजार ९ सय ५२ जनाको ज्यान लिएको कोरोनाबाट संक्रमण हुनेको संख्या २ लाख १८ हजार ९ सय ५३ पुगेको छ । त्यसैगरि ८४ हजार ७ सय ९५ जना उपचारपछि निको भैसकेका छन ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  ७ : ३९ बजे

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा

हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको

विभेद्जन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने छ : महानिरीक्षक कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जाति तथा

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको