२१ आश्विन २०८३, बुधबार | October 7, 2026

ईटालीमा एकै दिन ४७५ को मृत्यु, साउदीमा नमाज पढ्न रोक, हालसम्म ८,९५२ जनाको मृत्यु



एजेन्सी । विश्वब्यापी महामारीको रुप लिएको कोरोना भाईरसको प्रभाव अझै पनि कायमै छ । चीनबाट सुरु भएको यो भाईरस अहिले विश्वका १ सय ७३ मुलुकमा फैलिईसकेको छ । कोरोनाको असर चीनपछि ईटलीमा बढी परेको छ ।

ईटलीमा पछिल्लो २४ घण्टामा ४ सय ७५ जनाको मृत्यु भैसकेको छ । जसअनुसार हालसम्म २ हजार ९ सय ७८ जनाले ज्यान गुमाएका छन । गत २४ घण्टाको अवधीमा ईटलीमा ४ हजार २ सय ७ जनामा संक्रमण पुष्टि भएको छ । यो समेत हालसम्म संक्रमितहरुको संख्या ३५ हजार ७ सय १३ पुगेको छ ।

ईटलीपछि दोस्रो ठूलो असर परेको ईरानमा एकै दिन १ सय ४७ जनाको मृत्यु भएको छ भने कुल मृतकको संख्या १ हजार १ सय ३५ पुगेको छ । यहाँ एकै दिन ११ सय ९२ जना संक्रमित भेटिएका छन । त्यसैगरि बेलायतमा पनि एकै दिन ३३ जनाको मृत्युपछि ज्यान गुमाउनेहरुको संख्या ६ सय ७६ पुगेको छ ।

कोरोनाको उद्गम मुलुक चीनमा भने गत २४ घण्टामा मात्रै ११ जनाको मृत्यु भएको छ भने १३ जना नयाँ संक्रमित भेटिएका छन । कोरोना संक्रमण त्रास र यसबाट बच्नका लागि कट्टर मुस्लिम मुलुक साउदी अरबमा ब्यापक परिवर्तन आएको छ ।

त्यहाँस्थित पवित्र धार्मिकस्थल मक्का र मदिनामा बाहेक अन्य सबै मस्जिदहरुमा नमाज पढ्न रोक लगाईएको छ । दिनमा ५ पटक नमाज पढ्नु पर्ने धार्मिक नियम पुरा गर्न सबेलाई आ–आफ्नै घरमा नमाज पढ्न साउदी सरकारले निर्देशन जारी गरेको छ । कोरोना (कोभिड १९) को प्रकोप फैलिएका सबै मुलुकहरुले बचावका लागि हर सम्भव प्रयास गरिरहेका छन भने आम मानिसको सार्वजनिक जीवन खोसिएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर ८ हजार ९ सय ५२ जनाको ज्यान लिएको कोरोनाबाट संक्रमण हुनेको संख्या २ लाख १८ हजार ९ सय ५३ पुगेको छ । त्यसैगरि ८४ हजार ७ सय ९५ जना उपचारपछि निको भैसकेका छन ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  ७ : ३९ बजे

संसदीय टोली विपद् प्रभावित क्षेत्रको अवलोकन गर्दै

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

मुस्ताङ । मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर

वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्दसत्र

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित

कांग्रेसको बन्दसत्र सबैका लागि खुला, प्रत्यक्ष प्रसारण गरिने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द