२१ माघ २०८२, बुधबार | February 4, 2026

महामारीको रुपमा विश्वभर फैलाएको कोरोनाविरुद्ध भ्याक्सिन तयार गरि क्लिनिकल परीक्षण सुरु



एजेन्सी । कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनले उक्त भाइरसविरुद्धको भ्याक्सिन परीक्षण सुरु गरेको छ । विश्वभर महामारी फैलाएको कोरोनाविरुद्ध चीनले भ्याक्सिन तयार गरि क्लिनिकल परीक्षण सुरु गरेको हो ।

यसअघि अमेरिकाले पनि भ्याक्सिन तयार भएको र परीक्षण पनि सुरु भएको जनाएको थियो । अमेरिकाले परीक्षण सुरु भएको बताएको १९ घण्टापछि चीनले पनि भ्याक्सिनको क्लिनिकल परीक्षण सुरु गरेको हो । विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीचको प्रतिस्पर्धाका कारण विश्व बजारमा कोरोनाविरुद्धको भ्याक्सिन छिट्टै उपलब्ध हुने आशा गरिएको छ ।

तर चीनले भने भ्याक्सिनको परीक्षण सकेर ठूलोमात्रामा बजारमा पठाउन अझै १२ देखि १८ महिना लाग्नसक्ने बताएको छ । चिनियाँ जनमूक्ति सेनामा मेजर जनरल चेन वेइ र उनको टिमले कोरोनाविरुद्धको भ्याक्सिन पत्ता लगाएको हो । कोरोनाको सुरुवात भएको वुहानमा पुगेर मेजर वेइको टिमले इबोला भ्याक्सिन बनाएको अनुभव र स्थानिय कम्पनीसँगको सहकार्यमा कोरोना भ्याक्सिनमाथी फार्मेसी तथा औषधि विज्ञानमा आधारित भएर अनुसन्धान गरेको छ ।

उत्पादन प्रक्रिया र गुणस्तर नियन्त्रण समिक्षाको आधारमा उनिहरुले भ्याक्सिनको डिजाइन, संरचना र उत्पादनलाई निकै छिटो सकाएका सिसिटिभीले उल्लेख गरेको छ । त्यसलगत्तै वेइको टिमले उत्पादन गरेको भ्याक्सिनको क्लिनिकल समिक्षा दर्ता पारित भएसँगै क्लिनिकल परीक्षणको अनुमती पाएको थियो ।

वेइको टिमले कोरोनाविरुद्धको भ्याक्सिनलाई सुरक्षित, गुणस्तरीय, उपयोगी र ठूलोमात्रामा उत्पादनका लागि आन्तरिक नीतिनियम र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप भएको पनि दावी गरेको छ । कोरोना संक्रमण सुरु भएसँगै विश्वका दर्जन देश भ्याक्सिन पत्ता लगाउने दौडमा निस्किएका थिए । तर चीन र अमेरिकाले भने सफलता पाएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  ५ : २५ बजे

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास