८ कार्तिक २०८३, आइतबार | October 26, 2026

७२ घण्टामै तयारी भयो भरतपुरमा ‘भरतपुर कोरोना विशेष अस्पताल’



चितवन । भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा ५० श्ययाको ‘भरतपुर कोरोना विशेष अस्पताल’ तयार गरिएको छ ।

अस्पतालको बहिरङ्ग सेवा तथा जनरल वार्ड आजबाट नै सञ्चालनमा आउनेछ । भरतपुर महानगरको अगुवाइमा छोटो अवधिमा नै अस्पतालको लागि आवश्यक उपकरण सहितको संरचना तयार गरिएको हो ।

महानगरपालिका प्रमुख रेनु दाहालले शुक्रबारदेखि अस्पतालको सेवा शुभारम्भ हुने जानकारी दिनुभयो । अस्पतालमा परिचालन हुने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई विश्व स्वास्थ्य सङ्गठनको निर्देशनअनुसार आवश्यक तालिमसमेत दिइएको छ ।

अस्पतालमा परिचालन हुने स्वास्थ्यकर्मीलाई शतप्रतिशत प्रोत्साहन भत्ता र सुरक्षित पोशाकको व्यवस्था गरिएको उहाले बताउनुभयो । कोरोनाको आशङ्का भएका बिरामीलाई मात्र यस अस्पतालमा राखिने छ । अस्पतालमा रहने बिरामी र स्वास्थ्यकर्मीका लागि आवश्यक खानादेखि इन्टरनेटसम्मका सुविधाको व्यवस्था गरिएको छ ।


महानगरपालिका प्रमुख दाहालकाे संयोजकत्वमा रहेको १५ सदस्यीय कार्यदलले ७२ घण्टामा अस्पताल तयार गरी सञ्चालन गर्न लागेको हो । कार्यदलका प्रवक्ता डा. भोजराज अधिकारीले अस्पताल सञ्चालन गर्न जिल्लाका दुई सरकारी र दुई निजी मेडिकल कलेजबाट आवश्यक श्यया ल्याइएको जानकारी दिनुभयो ।

प्रयोगशाला, रेडियोलोजीलगायतका सेवाका लागि निजी अस्पतालले सहयोग गरेका छन् । अस्पताल सञ्चालनका लागि उद्योग सङ्घ र उद्योग वाणिज्य सङ्घले आ–आफ्नो ठाउँबाट सहयोग गरेको उहले बताउनुभयो ।

अस्पतालमा सरकारी अस्पताल, निजी मेडिकल कलेज र भरतपुर महानगरपालिकाको स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी परिचालन गरिएको छ । अन्य सबै खर्च अहिले भरतपुर महानगरपालिकाले गरिरहेको जनाएको छ ।

अस्पतालमा छिट्टै १० श्ययाको सघन उपचारकक्ष र १० श्ययाका हाइ डिपेन्डेन्ट युनिट (एचडीयू) समेत सञ्चालन गरिँदैछ । यसका लागि काम अघि बढिसकेको प्रमुख डा. अधिकारीले जानकारी दिनुभयो । अस्पताल सञ्चालनका लागि सात सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ११ : ०६ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको