१८ भदौ २०८३, बिहिबार | September 3, 2026

बुटवलमा २४ घण्टामा तयार पारिदै १ सय बेडको अस्पताल



बुटवल । बुटवलमा १ सय बेडको कोरोना विशेष(अस्थाई) अस्पताल निर्माण शुरु भएको छ । अस्पताल भोलीसम्म संचालन हुने गरि निर्माण थालिएको हो ।

बुटवल धागो कारखानाको फिनिसिङ ब्लकमा अस्पताल बनाइदै छ । बुटवल उप—महानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको संयुक्त सहकार्यमा बुटवल १० स्थित बन्द अबस्थामा रहेको धागो कारखानाको भवनमा अस्पताल बनाउन ८० जना काममा खटिएका छन् । नेपाल प्रहरी, नगर प्रहरी, स्थानीय युवाहरु निर्माणमा खटिएका छन् ।

निर्माण स्थलमा प्रमुख शिवराज सुवेदी र लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराइसहित प्राविधिक, विशेषज्ञको टोलीले शुक्रबार बिहानैदेखि सो स्थलमा खटिनुभएको छ । निर्माण स्थलको अनुगमन तथा निरिक्षणका लागि प्रदेश सरकारका कानुन मन्त्री कुलप्रसाद केसी,प्रदेश प्रहरी प्रमुख नरबहादुर केसी लगायत पुग्नुभएको छ । लामो समयदेखि बन्द रहेको बुटवल धागो कारखानाको एउटा ब्लकलाई अस्पतालको रुपमा प्रयोग गरिएको हो ।

बुटवलमा आइसोलेशनका लागि धागो कारखानामा करिब १०० बेडको अस्पताल बनाउने काम शुरु गरिएको नगर प्रमुख शिवराज सुवेदीले बताउनुभयो । पहिलो चरणमा एउटा बलकमा एक सय बेडको आईसोलेशन कक्ष निर्माण गर्ने काम चलिरहेको नगर प्रमुख सुवेदीले बताउनुभयो ।

अहिले आईसोलेसनसंगै बाहिरी क्षेत्रमा घेरवार लगाउने, शौचालय बनाउने र भवन परिसरलाई नै संक्रमणरहित बनाउने काम भैरहेको छ । रुघाखोकी जस्ता लक्षण लिएर आउने विरामीलाई अस्पतालहरुले कोरोना संक्रमणको आशंकामा भर्ना लिन नमानेपछि बुटवलमा छुट्टै आईसोलेसन अस्पताल बनाइएको हो ।

बुटवलमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको कुनैपनि विरामी नभेटिएपनि कोरोनासंग मिल्दो जुल्दो लक्षण लिएर दैनिक चारपांच जना विरामी आउने गरेका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ५ : ४१ बजे

संसद् बैठकमै ढले कांग्रेस सांसद खड्का, उपचारका लागि वीर अस्पताल लगियो

काठमाडौं । प्रतिनिधिसभा बैठकका क्रममा नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का

प्रधानमन्त्री शाह र नेकपा नेता वर्षमान पुनबीच भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

काठमाडौं । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका

सुरुङभित्रको उद्दारबारे प्रधानमन्त्रीले गरे कुलमानसँग छलफल

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले

भोटेकोशी बाढी : एक हजार २५२ शव फेला, चार हजार ८७५ जना सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका एक हजार