४ श्रावण २०८३, सोमबार | July 20, 2026

बौद्ध विश्वविद्यालय प्राध्यापक संगठनमा सल्लाहकार चयन



बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयमा गठित नेपाल प्रगतिशील प्राध्यापक संगठन केन्द्रीय कमिटीले सल्लाहकार चयन गरेको छ ।

शनिबार बसेको संगठनको पहिलो बैठकले तीन सदस्यीय सल्लाहकार समिति चयन गरेको हो ।संगठनका अध्यक्ष बलबहादुर पाण्डेको अध्यक्षतामा भएको बैठकले सल्लाहकारमा पुरातत्वविद् बसन्त बिडारी, लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसका पूर्व क्याम्पस प्रमुख इन्द्र काफ्ले र अध्यापक गुणाखर गैरेलाई सल्लाहकारमा चयन गर्ने निर्णय गरेको हो । बैठकले विश्वविद्यालयमा नवनियुक्त रजिष्ट्रार डा. तिलकराम आचार्यलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिने निर्णय गरेको छ ।

त्यस्तै विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि सजग र सचेत रहन आग्रह समेत गरेको छ । बैठकले विश्वविद्यालयको विकासका लागि गर्नुपर्ने काम र अध्यापनरत शिक्षकहरुको समस्याहरु सुत्रबद्ध गर्नका लागि कार्यदल गठन गरेको छ । संगठनका उपाध्यक्ष दयाराम गौतमको संयोजकत्वमा बनेको कार्यदलमा मेघनाथ खनाल, केशवराज अर्याल, चुरामणि पोखरेल र कमल मरासिनी सदस्य रहेका छन् । कार्यदलले अध्यापनरत आंशिक, करार शिक्षकका समस्या समाधान र विश्वविद्यालयका शैक्षिक एवं भौतिक विकासका लागि गर्नुपर्ने कामको सूचिसहितको प्रतिवेदन बनाउनेछ ।

त्यो प्रतिवेदन सुझावका रुपमा विश्वविद्यालयमा पेश गरिने अध्यक्ष पाण्डेले जानकारी दिए । बौद्ध विश्वविद्यालयमा अध्यापनरत शिक्षकहरुको भेलाले गठन गरेको संगठन १३ सदस्यीय रहेको छ । अध्यक्षमा बलबहादुर पाण्डे, उपाध्यक्षमा दयाराम गौतम र कुमार खड्का, सचिवमा दामोदर घिमिरे, सहसचिवमा मेघनाथ खनाल र केशवराज अर्याल, कोषध्यक्षमा अन्जु खनाल रहेका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा मोहनलाल भण्डारी, चुरामणि पोखरेल, राजिवजंग शाह, कमल मरासिनी, शंकर गौतम र कृष्णबहादुर कार्की रहेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ७ : ३८ बजे

पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग प्रधानमन्त्रीको आज विशेष छलफल

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले आज पुँजी बजार, धितोपत्र व्यवसाय तथा

पहिरोले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनका दुई ठाउँमा खसेको पहिरो पन्छाइएको

कञ्चनपुरमा च्याउ टिप्न जंगल गएका १४ महिला सम्पर्कविहीन, सेना-प्रहरीद्वारा खोजी तीव्र

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिला च्याउ टिप्न

फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा

निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पु¥याएको